मुख्य समाचार
दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ
दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ

। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ।

उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् ।

त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार पुर्‍याउने लक्ष्य राखिएको छ । ‘हिमाल पार गरेर च्याङ्ग्रा बजारतर्फ लैजाँदैछौँ । उपभोक्ताको मागअनुसार नै च्याङ्ग्रा झार्न थालेका हौं’, उनले भने ।

उपल्लो डोल्पाबाट च्याङ्ग्रा बजारसम्म पुग्नु आफैंमा सहज यात्रा भने होइन । हिमाली भौगोलिक अवस्थाका कारण लामो दूरी पैदल यात्रा गराउनुपर्ने अवस्था छ । भ्यारोललगायतका हिमाली क्षेत्र पार गर्दै मुस्ताङतर्फ झारिएका च्याङ्ग्रा त्यसपछि पोखरा हुँदै अन्य बजारमा पुग्छन् । यसरी च्याङ्ग्राको यात्रा हिमाली चरन क्षेत्रदेखि उपभोक्ताको भान्सासम्म जोडिन्छ ।

दशैंको समयमा च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारीले उपल्लो डोल्पाबाट च्याङ्ग्रा संकलन गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे । सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा नेपालका तर्फबाट प्रस्तुत ...
। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको ...
। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट ...
। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. नेपाल विशेष सेवा ...