: धनुषाको जटही नाका हुँदै भारतबाट लागूऔषध खैरो हेरोइन ल्याउँदै गरेको अवस्थामा एक एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भएका २८ वर्षीय अरबिन्द साह (कानु) रहेका छन्। जटही नाका हुँदै काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले खैरो हेरोइन लगिरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिवासबाट खटिएको प्रहरी टोलीले उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट पक्राउ गरेको हो।
उनको साथबाट १६१.९७० ग्राम खैरो हेरोइन र एक थान मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका कानुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ।