मुख्य समाचार
नेतान्याहुसँगको टेलिफोन वार्तामा पाइलट
नेतान्याहुसँगको टेलिफोन वार्तामा पाइलट

: फ्लाईदुबई विमानमा सह-पाइलटले आक्रमण गरेपछि बहादुरीपूर्वक ककपिटको ढोका खोलेर यात्रुहरूको ज्यान बचाएका भारतीय पाइलट क्याप्टेन स्मित मच्छर र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ।

कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहुले क्याप्टेन स्मितको अदम्य साहसको उच्च प्रशंसा गर्दै उनलाई भारत, इजरायल र सम्पूर्ण विश्वकै 'हिरो' को संज्ञा दिएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले दुवैजनाबीच भएको उक्त संवादको भिडियोसमेत सार्वजनिक गरेको छ।

टेलिफोन वार्तामा घटनाबारे स्मरण गर्दै क्याप्टेन स्मितले भने, 'उडान सामान्य रूपमा भइरहेको थियो। सह-पाइलटले प्रार्थना गर्ने इच्छा देखाएपछि म अगाडि हेरिरहेको थिएँ। तर अचानक ४-५ मिनेटपछि मेरो टाउकाको पछाडि जोरदार प्रहार भयो।'

सुरुमा विमानमा कुनै यान्त्रिक समस्या आएको ठानेका स्मितले लगातार आक्रमण भएपछि सह-पाइलटले नै आफूमाथि प्रहार गरिरहेको थाहा पाएका थिए। आक्रमणबाट गम्भीर घाइते भएका उनको आँखा धमिलो हुँदै गएको थियो भने विमान तीव्र गतिमा तल खसिरहेको थियो।

सह-पाइलटले ककपिटको ढोका भित्रबाट बन्द गरेर बाहिरका मानिसहरूलाई भित्र पस्न नदिएपछि स्मित भुइँमा ढलेका थिए। 'मलाई हावाको गति, विमानको आवाज र यात्रुहरूको चीत्कार सुनिरहेको थियो। मसँग अन्तिम प्रयास गर्ने मात्र शक्ति बाँकी थियो। मैले सोचेँ— यदि मैले यो प्रयास नगरेको भए, म मर्ने थिएँ,' स्मितले भने, 'त्यसपछि मैले आफ्नो सम्पूर्ण शक्ति लगाएर ढोकाको नब घुमाई ढोका खोलिदिएँ।'ढोका खुल्नासाथ बाहिर पर्खिरहेका यात्रु तथा क्रू सदस्यहरू भित्र पसेर स्थिति नियन्त्रणमा लिएका थिए।

इजरायल भ्रमणको निमन्त्रणा

क्याप्टेन स्मितको साहसिक कार्यको प्रशंसा गर्दै प्रधानमन्त्री नेतान्याहुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे। साथै, आगामी इजरायली स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने विशेष समारोहको लागि उनले क्याप्टेन स्मित र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायल भ्रमणको निमन्त्रणा समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ । उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो । चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको ...
: संयुक्त अरब इमिरेट्स (युएई) का क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले फ्लाईदुबईका भारतीय पाइलट स्मित मच्छारलाई भेट्न शनिबार अस्पताल पुगेका छन्। क्राउन प्रिन्स शेख हमदानले अस्पतालमै पुगेर पाइलट मच्छारको अदम्य साहस र कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरे। उडानका क्रममा को-पाइलटले गरेको साङ्घातिक आक्रमण विफल पार्ने क्रममा पाइलट मच्छार गम्भीर घाइते भएका थिए। घटनालगत्तै सुरुमा साउदी अरेबियामा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने। ट्रम्पले टेक्सास र ओक्लाहोमा ...
। अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्। कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता ...
)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति नदिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ । एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम