मुख्य समाचार
भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ
भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ

: भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ। तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य शुक्रबार सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको छ।

सो सडकमार्गअन्तर्गत रहेको ढुंगे–बेत्रावती सडक बाढीले कटान गरेपछि दैनिक रूपमा एक्स्काभेटर लगायतका हेभी इक्विपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै ढुङ्गे–बेत्रावती आवागमन सुचारु भएको छ। विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा झन्डै दुई किलोमिटर लामो नयाँ ट्र्याक खनिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए।

उनका अनुसार दैनिक १० थान एक्स्काभेटरमार्फत बेत्रावती सातबिसेमा नयाँ ट्र्याक खन्ने कार्य गरिएको हो। अब उक्त सडकमार्ग अन्तर्गत बेत्रावतीस्थित फलाखु खोलामा बाढीले क्षति पुर्‍याएको स्थानमा बेलिब्रिज निर्माणको कार्य सुरु भएको छ।




टिपरमा ल्याइएका बेलिब्रिजका सामानहरू निर्माणस्थलमा झार्ने कार्य गरिएको छ। असोज २१ गते बुधबारदेखि सेनाले उक्त बेलिब्रिजको निर्माण कार्य सुरु गर्ने वडाध्यक्ष नेपालले बताए। उक्त बेलिब्रिज निर्माणपछि नुवाकोट र रसुवाको यातायात सम्पर्क जोडिने उनले जानकारी दिए। बेत्रावतीमा निर्माण गरिने बेलिब्रिजको दुवैतर्फको किनारामा आवश्यक बेस ढलान गर्ने कार्य सम्पन्न भएको छ। बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीहरूसमेत निर्माणस्थलमा आइपुगेको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बेत्रावतीमा यही असोज २१ गतेदेखि बेलिब्रिज जडान गर्ने कार्य सुरु गरिने सेनाले जानकारी दिएको छ। यस कार्यले पूर्णता पाएसँगै नुवाकोट र रसुवाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। सडक तथा पुल निर्माणमा खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक टोली, अपरेटरहरू, स्थानीयवासी तथा सहयोगी सम्पूर्णमा नुवाकोटवासीले आभार व्यक्त गरेको बेत्रावतीका बाढीपीडित अष्टमान डंगोलले बताए। उनका अनुसार सबैको संयुक्त प्रयासले बेत्रावतीको सडक तथा यातायात सेवा छिट्टै सहज र नियमित हुने विश्वास लिइएको छ।

बाढीले उक्त सडकखण्डको बीचमा रहेको बेत्रावतीमा दुईवटा पक्की पुल बगाएको थियो। नुवाकोट–बेत्रावती–रसुवा सडकखण्ड पुनः सञ्चालनतर्फ तीव्र गतिमा अघि बढिरहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। यसअघि आवागमनमा समस्या भएपछि स्थानीयवासीले सुरक्षाकर्मीको साथ लिएर बेत्रावतीमा काठ, बाँस र डोरीको फड्के निर्माण गरेका थिए। हाल मानिसहरू सोही फड्केमार्फत नुवाकोट–रसुवा आवतजावत गरिरहेका छन्।

बेत्रावतीमा फड्के निर्माण गरेपछि दुई सातादेखि पैदल यात्रुका लागि आवतजावत सहज भएको हो। नुवाकोटतर्फबाट बेत्रावतीसम्म आउने वैकल्पिक मार्ग पनि प्रयोगमा ल्याइएको छ।

बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माण गरी सवारीसाधन आवतजावत सहज बनाउने तयारीका लागि शुक्रबार ५ थान टिपरमार्फत बेलिब्रिजका सामान झारिएको स्थानीयवासीले बताए। नयाँ ट्र्याक खोलिएसँगै बाढीका कारण क्षतिग्रस्त बनेको ढुंगे–बेत्रावती सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

बाढीले सातबिसे बेत्रावतीको उत्तरगया बोर्डिङ स्कुलनजिकै कटान गरेको र खसेको ठूलो पहिरो पन्छाउने कार्य दैनिक १० थान एक्स्काभेटरमार्फत गरिएको थियो। हाल गेर्खुको शुभघाटमा एक्स्काभेटरको सहायताले ट्र्याक खोल्ने काम युद्धस्तरमा निरन्तर जारी रहेको छ।

नेपाली सेना र सडक विभागका उच्च प्राविधिक तथा दक्ष जनशक्तिले संयुक्त रूपमा उक्त काम गरिरहेको गल्छी–रसुवागढी सडक योजना कार्यालय विदुरले जनाएको छ। यससँगै नुवाकोट–बेत्रावती–रसुवा सडकखण्डको पुनर्निर्माण तथा आवागमन सहज बनाउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
बाढीबाट क्षतिग्रस्त गल्छी–ढुंगे–बेत्रावती सडकखण्डको नयाँ ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु गरिएको हो। नयाँ ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अघि बढाइएको थियो। हाल दुवैतर्फको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ। नयाँ ट्र्याकमार्फत बेलिब्रिजका सामग्री निर्माणस्थलसम्म पुर्‍याउने काम तीव्र गतिमा भइरहेको छ।

बेलिब्रिज जडान सम्पन्न भएसँगै बाढीका कारण टुटेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिने सडक डिभिजन नुवाकोटले जनाएको छ। पहाडी नुवाकोट र हिमाली रसुवा जोड्ने फलाखु खोलामा बेलिब्रिज निर्माणका लागि सामग्री शुक्रवारदेखि आउन सुरु भएको हो। त्रिदेशीय मार्ग अन्तर्गत वीरगन्ज–गल्छी–ढुंगे–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी जोड्ने फलाखु खोलामा बेलिब्रिज राख्नका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू ढुवानी सुरु भएसँगै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ। उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् । त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार ...
। जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालोसूचीमा राख्नका लागि ...
: धनुषाको जटही नाका हुँदै भारतबाट लागूऔषध खैरो हेरोइन ल्याउँदै गरेको अवस्थामा एक एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भएका २८ वर्षीय अरबिन्द साह (कानु) रहेका छन्। जटही नाका हुँदै काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले खैरो हेरोइन लगिरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिवासबाट खटिएको प्रहरी टोलीले उनलाई ...
। नेपाली कांग्रेसले सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो । पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्। शनिबार मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्। मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम