: नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने जानकारी गराएका हुन्।
‘देश तथा विदेशबाटसमेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरुबाट सुझाव आएको छ।’, उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’
भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो । अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक रहेको भट्टराईको बुझाई छ। उनले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुर्नपरिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।