मुख्य समाचार
सरकारले सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने
सरकारले सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने

। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो।

विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख व्यवस्थापन प्रणालीसम्बन्धी महत्त्वपूर्ण व्यवस्था प्रस्ताव गरेको छ।

उक्त दफाको उपदफा (१) अनुसार, सडक दुर्घटनाको अध्ययन तथा अनुसन्धान गर्न, न्यूनीकरणका उपायहरू अवलम्बन गर्न, भौतिक तथा मानवीय क्षतिको व्यवस्थित अभिलेख राख्न र घाइतेको उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय सडक सुरक्षा परिषद्ले सडक दुर्घटना अभिलेख तथा घाइतेको उद्धार व्यवस्थापन प्रणाली स्थापना तथा सञ्चालन गर्नेछ।

यस विद्युतीय प्रणालीमा दुर्घटनाको जानकारी सबैभन्दा पहिले प्रविष्ट गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई तोकिएको छ। विधेयकले प्रणालीमा तथ्याङ्क राख्ने पहिलो दायित्व नेपाल प्रहरीको हुने स्पष्ट पारेको छ।

प्रहरीले मात्र नभई दुर्घटनासँग सरोकार राख्ने सबै निकाय यो प्रणालीमा जोडिनेछन्। दुर्घटनापछिको उद्धारमा खटिने निकाय, उपचारमा संलग्न स्वास्थ्य संस्था, बिमासम्बन्धी संस्था, सडकसँग सम्बन्धित निकाय र स्थानीय तहलेसमेत आ–आफ्नो तर्फबाट तोकिएबमोजिमका तथ्याङ्क यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ।

यति मात्र होइन, अन्य निकायका सिस्टमलाई पनि यसमा लिङ्क गरिनेछ। उपदफा (५) ले अन्य सरकारी तथा गैरसरकारी निकायद्वारा सञ्चालित प्रणालीहरूमा रहेका आवश्यक तथ्याङ्कहरू तोकिएका प्रक्रिया पूरा गरी स्वचालित रूपमा यस अभिलेख प्रणालीमा उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।

यसले गर्दा दुर्घटनाको सङ्ख्या, घाइतेको उपचार र बिमा दाबी भुक्तानीको अवस्थाबारे राज्यसँग यकिन तथ्याङ्क हुने र फर्जी बिमा दाबीलगायतका विकृति रोक्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...