मुख्य समाचार
दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने
दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने

। सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउनासाथ उपचार गर्नुपर्ने बाध्यात्मक कानुनी दायित्व तोकेको हो।

विधेयकको दफा २९ मा घाइतेको उपचार गर्ने कर्तव्य र स्वास्थ्य पूर्वाधारसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरिएको छ। उक्त दफाको उपदफा (१) मा स्पष्ट रूपमा भनिएको छ, ‘सडक दुर्घटनामा परेका घाइतेको उपचार गर्ने कर्तव्य त्यस्तो घाइतेलाई उपचारको लागि पुर्‍याइको स्वास्थ्य संस्थाको हुनेछ’।

यसले गर्दा घाइतेले ‘गोल्डन आवर’ (दुर्घटनालगत्तैको महत्त्वपूर्ण समय) मै उपचार पाउने र मृत्युदर घट्ने अपेक्षा गरिएको छ। यसका साथै, स्वास्थ्य संस्थाले उपचारको क्रममा मृत्यु भएका वा उपचार भइरहेका घाइतेहरूको विवरण अनिवार्य रूपमा डिजिटल (विद्युतीय) अद्यावधिक राख्नुपर्नेछ।

दुर्घटनापछिको उद्धार र उपचारलाई प्रभावकारी बनाउन राष्ट्रिय लोकमार्गहरूमा स्वास्थ्य पूर्वाधारको सञ्जाल नै विस्तार गरिनेछ। उपदफा (३) अनुसार, राष्ट्रिय सडक सुरक्षा परिषद्ले सडकमा सवारी साधनको चाप तथा दुर्घटनाको गाम्भीर्यता हेरी पीडितलाई तत्काल उपचार गर्न उपयुक्त दूरीको अन्तरमा एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थाको स्थापना गर्न निर्देशन दिन सक्नेछ।

विशेषगरी राजमार्गहरूमा हुने गम्भीर दुर्घटनालाई लक्षित गर्दै राष्ट्रिय लोकमार्गमा पर्ने सहरी क्षेत्रमा आवश्यकताअनुसार आधुनिक ट्रमा सेन्टर स्थापना गर्नसमेत परिषद्ले समन्वय गरी निर्देशन दिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

त्यसैगरी, सडक दुर्घटनाबाट मृत्यु वा अपाङ्गता हुन नदिन दुर्घटनापछिको उपचारका लागि एकद्वार प्रणाली लागू गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने कानुनी सुनिश्चितता उपदफा (२) ले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...