मुख्य समाचार
अब ५ मापदण्ड पूरा गरेमात्र नयाँ विमानस्थल निर्माणको स्वीकृति दिइने
अब ५ मापदण्ड पूरा गरेमात्र नयाँ विमानस्थल निर्माणको स्वीकृति दिइने

। राजनीतिक दबाब वा हचुवाका भरमा विमानस्थल घोषणा गर्ने र राज्यको अर्बौं बजेट बालुवामा पानी हालेझैं खेर फाल्ने प्रवृत्तिलाई रोक्न सरकारले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले नयाँ विमानस्थल निर्माणका लागि ५ वटा अनिवार्य आधार (मापदण्ड) तय गरेको हो।

विधेयकको दफा १२ मा विमानस्थल निर्माण तथा सञ्चालनसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरिएको छ। उक्त दफाको उपदफा (१) ले नेपाल सरकारको पूर्वस्वीकृति नलिई कसैले पनि विमानस्थल निर्माण तथा सञ्चालन गर्न नपाउने स्पष्ट पारेको छ।

सरकारले पनि जथाभावी स्वीकृति दिन पाउने छैन। उपदफा (३) बमोजिम नेपाल सरकारले प्राधिकरणलाई विमानस्थल निर्माणको स्वीकृति दिँदा अनिवार्य रूपमा ५ वटा विषय पुष्टि हुनुपर्ने कानुनी सर्त राखिएको छ।

प्राविधिक, भौगोलिक, पर्यटकीय तथा वातावरणीय दृष्टिले प्रस्तावित स्थानको उपयुक्तता पहिलो सर्त हो भने व्यावसायिक सम्भाव्यतालाई विधेयकले दोस्रो सर्त भनेको छ । स्वदेशी तथा वैदेशिक लगानीको सम्भाव्यता, सामाजिक उत्तरदायित्व र सामरिक तथा रणनीतिक महत्त्वलाई विधेयकमा बाँकी सर्तको रूपमा उल्लेख गरिएको छ ।

यी सबै मापदण्ड पूरा भई सरकारले स्वीकृति दिएपछि मात्र उपदफा (४) बमोजिम त्यस्तो विमानस्थलको चार किल्ला खुलाई सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ।

विस्तृत सम्भाव्यता अध्ययन नै नगरी केवल भोटको राजनीतिका लागि विमानस्थल शिलान्यास गर्ने र पछि ती विमानस्थल गौचरनमा परिणत हुने विकृति अहिले देखिएको छ । अब बन्ने जुनसुकै विमानस्थलले व्यावसायिक र प्राविधिक रूपमा आफूलाई सावित गर्नुपर्ने बाध्यात्मक व्यवस्था यो विधेयकले सुनिश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको उदेश्य हरेक नागरिकको आवासको अधिकार ...
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम