मुख्य समाचार
जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध
जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध

: जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।

अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए ।
तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका मोइन टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने थोरै अंग्रेज खेलाडीमध्ये पर्छन्। उनले टी२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरिसकेका छन् । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर सक्रिय छन् । इन्डियन प्रिमियर लिगमा उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए।

अलीले नेपाली क्रिकेटको माहोल आफैं अनुभव गर्न आतुर रहेको बताए । 'नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,' उनले भने ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए । 'अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा भयो । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत २४ जुनमा नेपालमाथि अनिश्चित कालका लागि निलम्बन गरेको थियो । तर, सय दिन बितिसक्दा पनि फुकुवा हुने कुनै संकेत देखिएको छैन । फिफाले यसअघि नेपालका छिमेकी राष्ट्र भारत र पाकिस्तानलाई पनि निलम्बन गरेको ...
: नेपाली खेलकुदमा कुनै समय अन्तर्राष्ट्रिय पदकको प्रमुख आशा मानिनेमात्रै होइन, पदक लगातार पदक पनि जित्दै आएको तेक्वान्दोले एसियाली खेलकुदमा आफ्नो पुरानो साख कायम राख्न नसकेको लामो समय भइसकेको छ। जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा पनि नेपाली खेलाडी पदकविहीन बनेपछि तेक्वान्दो लगातार पाँचौं एसियाडमा पदकविहीन भएको हो। शुक्रबार ग्योरोगीको ८० केजीमुनिको तौलसमूहमा अभिषेक बराल ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ । उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ अक्टोबर ५ देखि १४ सम्म सञ्चालन हुनेछन् । दुवै प्रतियोगितामा गरी १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेल मलेसियाका बायुएमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा हुनेछन् । उपक्षेत्रीय छनोट ‘ए’ मा ...
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
। पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो । क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम