मुख्य समाचार
चालु आर्थिक वर्षभित्र फिर्के खोलाको अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने योजना
चालु आर्थिक वर्षभित्र फिर्के खोलाको अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने योजना

: पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षभित्र फिर्के खोलाको अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने योजना रहेको जनाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो ।

अतिकमण गरेका हरुलाई तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको नगर पालिकाले जनाएको छ । २०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेकोले चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव ...
। कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर ...
। सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प्रस्ताव गरेको छ । सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको वास्तविक र वैज्ञानिक कारण पत्ता लगाउन विभिन्न क्षेत्रका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय सडक दुर्घटना अध्ययन समिति गठन ...
। नेपालमा नयाँ विमानस्थल निर्माण तथा सञ्चालनका लागि राज्यको सीमित बजेटमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानी भित्र्याएर सार्वजनिक–निजी साझेदारी मार्फत विमानस्थल बनाउन र सञ्चालन गर्न सक्ने बाटो खुला गर्ने प्रस्ताव गरेको ...
। सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउनासाथ उपचार गर्नुपर्ने बाध्यात्मक कानुनी दायित्व तोकेको हो। विधेयकको दफा २९ मा घाइतेको उपचार गर्ने कर्तव्य र स्वास्थ्य पूर्वाधारसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम