: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो।
उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए।
उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।