मुख्य समाचार
गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु
गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु

। रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।

अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माण सामग्री निर्माणस्थलसम्म पुर्‍याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माणस्थलमा आवश्यक सामग्री पुर्‍याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडान प्रक्रिया अघि बढाइएको हो ।

बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध रसुवासँगको मुख्य सडक सञ्जाल पुन: औपचारिक रूपमा जोडिने छ । यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनर्स्थापित हुने अपेक्षा गरिएको छ ।

बाढीले क्षति पुर्‍याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनर्स्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत नेपाली म्यानपावर कम्पनीलाई प्रणालीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ । मलेसियाले नेपाली श्रमिक भर्नाका लागि २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र ती अन्तर्गत २ सय ५० कम्पनीलाई ‘सपोर्टिङ’ वा सहायक संस्थाका रूपमा सूचीकृत गरेपछि उत्पन्न विवाद समाधान गर्न नेपालले यस्तो पहल गरेको हो ...
। जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ केन्द्रीय कार्यालय सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ...
: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमश: बौद्ध दर्शनसँग सम्बन्धित ...
: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम