मुख्य समाचार
चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन
चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ।

शुक्रबार सिंहदरबारमा आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको बताए।

उनले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्तदुरुस्त राख्नेगरी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिए।

उनले रसुवा बाढीबाट भएको क्षति तथा आवश्यकता पहिचान भई काम सम्पन्न भइसकेको र हाल विपद्पछिको आवश्यकता मूल्यांकन भइरहेको उल्लेख गरे। त्यस्तै सार्वजनिक निकायमा हुने निर्णय प्रक्रियालाई छिटो, सरल, पारदर्शी तथा परिणाममुखी, सूचना तथा सञ्चार प्रविधिमा आधारित, कागजरहित, समयसीमायुक्त तथा नागरिक केन्द्रित गर्न सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली लागू भइसकेको उल्लेख गरे।

त्यस्तै उनले सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भइ आएबमोजिम १५ वटा फर्म तथा कम्पनीलाई यस कार्यालयको निर्णयानुसार कालोसूचीमा राखिएको जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले सूचना प्रविधिका प्रणाली खरिदलगायत विषयमा आवश्यक पर्ने मापदण्ड तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको समेत प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत नेपाली म्यानपावर कम्पनीलाई प्रणालीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ । मलेसियाले नेपाली श्रमिक भर्नाका लागि २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र ती अन्तर्गत २ सय ५० कम्पनीलाई ‘सपोर्टिङ’ वा सहायक संस्थाका रूपमा सूचीकृत गरेपछि उत्पन्न विवाद समाधान गर्न नेपालले यस्तो पहल गरेको हो ...
। जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ केन्द्रीय कार्यालय सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ...
: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमश: बौद्ध दर्शनसँग सम्बन्धित ...
: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम