मुख्य समाचार
ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत
ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने।

ट्रम्पले टेक्सास र ओक्लाहोमा भ्रमणका क्रममा यस्तो धारणा राखेका हुन्। अमेरिकी डिजेलको बढ्दो लागत नियन्त्रण गर्न प्रशासनले निर्यातमा सम्भावित प्रतिबन्धसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको उनले बताए। उनका अनुसार निर्यातमा प्रतिबन्ध लगाउँदा पेट्रोलको मूल्य केही बढ्न सक्ने भएकाले त्यसबारे गम्भीरतापूर्वक विचार भइरहेको छ ।

हालको बजार अवरोधको प्रमुख कारण मध्यपूर्वको अस्थिरता नभई रुसी प्रशोधन पूर्वाधारमाथि युक्रेनले गरिरहेको आक्रमण रहेको ट्रम्पको भनाइ छ । रुसले ठूलो मात्रामा डिजेल प्रशोधन गर्ने भएकाले त्यहाँका रिफाइनरीमा भएका आक्रमणले आपूर्तिमा असर पारेको उनले बताए।

अमेरिकी डिजेल निर्यात सीमित गरी घरेलु भण्डार बढाउने विकल्पप्रति ३० भन्दा बढी अमेरिकी कर्पोरेट, निर्माण तथा ऊर्जा क्षेत्रका सङ्घले विरोध गरेका छन् । त्यस्तो कदमले घरेलु प्रशोधन घट्नुका साथै मूल्य बढ्न सक्ने उनीहरूको चेतावनी छ ।

युरोपेली साझेदार मुलुकका भण्डारबाट डिजेल आपूर्ति बढाउन खोज्दा अमेरिकी निर्यात नियन्त्रण गर्नुको सट्टा बजारमा समग्र उपलब्धता बढाउन सकिने अपेक्षा गरिएको छ । यद्यपि ट्रम्पले कुन युरोपेली मुलुकसँग सम्पर्क गरिने वा कति परिमाणमा डिजेल माग गरिने भन्नेबारे स्पष्ट पारेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्। कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता ...
)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति नदिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ । एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान ...
। अस्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ ...
। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा आफ्नो सुरक्षाका लागि आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिए। उनले पश्चिमी देशहरू र युरोपमाथि तनाव बढाएको आरोप लगाए। पश्चिमी देशहरूले आगामी वर्षहरूमा रुससँग युद्धको तयारी गरिरहेको, बाल्टिक सागरमा सैन्य ...
। रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार बताएका छन्। रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्था मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम