मुख्य समाचार
सुनको गरगहना चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ
सुनको गरगहना चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ

: अर्घाखाँचीको सन्धिखर्कमा सुनको गरगहना चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे सन्धिखर्क नगरपालिका–१ बसपार्कस्थित हाटबजार क्षेत्रमा एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

घटनालगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेपछि खोजतलास तीव्र पारिएको थियो। खोजीका क्रममा बा १५ च १९२३ नम्बरको कारमा ५ जना तथा मधेश प्रदेश ०३–०३५ प १२५० नम्बरको मोटरसाइकलमा २ जना भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा–६ का २२ वर्षीय सुदीप चौधरी, पर्सा वीरगञ्ज–२० का ३४ वर्षीय राजकुमार राय, बारा बारागढी–३ का ३२ वर्षीय राजु प्रसाद साह र ४४ वर्षीय वीरेन्द्र राय, पर्सा वीरगञ्ज–२० का २८ वर्षीय खुबु राय सिंह पाण्डे, २१ वर्षीय विराजु राय, पर्सा पटेर्वा सुगौली–४ का २० वर्षीय अविनव राय तथा भारत बिहार आनन्दसागर पिपरहियाका १५ वर्षीय बालक रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले बताएका छन्। उनीहरू यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् । अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माण सामग्री निर्माणस्थलसम्म पुर्‍याउने कामलाई ...
: जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ। चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन ...
। काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँगै २५ थान चोरीका मोबाइल पनि बरामद भएको प्रहरीले भनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईँ र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने १९ ...
: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय ...
। कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले पूर्वाधार विकासलाई गति दिन कानुनी सुधारसँगै आयोजना कार्यान्वयनको कार्यशैली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति चौधरीले कानुनका दफा संशोधन गर्दैमा पूर्वाधार विकासले गति लिन नसक्ने बताएका हुन् । उनले पूर्वाधार आयोजना निर्माणमा हुने ढिलाइ, जटिल प्रशासनिक प्रक्रिया र निर्णय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम