मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले संसद् कमजोर भएको महसुस आफूले पटक्कै नगरेको बताएका छन्
सभामुख डोलप्रसाद अर्यालले संसद् कमजोर भएको महसुस आफूले पटक्कै नगरेको बताएका छन्

। सभामुख डोलप्रसाद अर्यालले संसद् कमजोर भएको महसुस आफूले पटक्कै नगरेको बताएका छन् ।

संसद्को बर्खे (बजेट) अधिवेशन समानपनको सन्दर्भमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

तीन वर्ष प्रतिनिधिसभा सदस्य भएर विगतमा अनुभव लिएको र त्योभन्दा अगाडि समेत आफूले संसद् र संसदीय गतिविधिबारे चासो राख्ने गरेको उनले स्रमरण गरे ।

अनि अहिले आफैंले सभाको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले आफूले नेतृत्व गरेक रुपमा नभएर विगतको तुलना गर्दा समेत यसपटक कमजोर भयो भन्ने महसुस गर्ने अवस्था नरहेको बताएका हुन् ।

संसद्को मर्यादा, यसको काम गर्ने गति र जनताप्रतिको उत्तरदायित्वमा कुनै कमी नआएको उनको भनाइ छ ।

‘संसद् कमजोर भएको महसुस मैले गरेको पटक्कै छैन । विगतमा तीन वर्ष मैले पनि सभामा सदस्य भएर काम गरेँ । मैले नागरिकको हैसियतले राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि पनि नेपालको संसद् हेरिरहेकै हो,’ उनले भने ।

करिब तीन करोड नेपालीका लागि काम गर्न आएको उल्लेख गर्दै उनले काम गर्दा थकान हुनु स्वाभाविक भए पनि त्यसले संसद्को भूमिकालाई कुनै असर नपार्ने बताए ।

संसद्को काम कारबाही र सरकारको डेलिभरीका विषयमा बोल्दै सभामुख अर्यालले कार्यपालिकालाई उत्तरदायी बनाउनु र झक्झक्याउनु सांसद, नागरिक तथा पत्रकार सबैको साझा जिम्मेवारी भएको बताए ।

बरु संसद्‌मा नयाँ अभ्यास भएको दाबी गरे ।

अघिल्ला अभ्यासहरूभन्दा फरक यस पटकको संसद्मा सत्ता पक्ष र प्रतिपक्ष दुवैले जनजीविका र महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित भएर घनिभूत छलफल गरेको उनले बताए ।

शीर्ष नेताहरूलाई रोस्ट्रमबाटै जनताका आवाज उठाउन महिनामा दुई पटक समय उपलब्ध गराइएको स्मरण गरे ।

यस्ता नयाँ अभ्यासले सदनलाई थप प्रभावकारी बनाएको उनको भनाइ थियो ।

साथै, सभामुख अर्याल अन्तरव्यवस्थापकीय संघ (आईपीयू) को सभामा नेपालको तर्फबाट सहभागी हुँदैछन् ।

उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस गर्न लागिएको जानकारी दिए । उक्त प्रस्तावका लागि झन्डै ५० देशको समर्थन प्राप्त भइसकेको र करिब २८ वटा ‘साइडलाइन’ बैठकहरूको तयारी भइरहेको उनले बताए ।

आफ्नो कार्यकालमा कूटनीतिक नियोगका बैठकहरू तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मातृभाषा (नेपाली) लाई विशेष प्राथमिकता दिएर प्रयोग गर्दै आएको र यसले नेपालको पहिचानलाई बलियो बनाएको अनुभव पनि उनले सुनाए ।

पत्रकारहरूले निर्माणधिन संसद्को विषय उठाएका थिए ।

जवाफमा सभामुख अर्यालले साथै, संघीय संसद्को नयाँ भवन निर्माणमा देखिएको ढिलाइप्रति सचेत गराउँदै आगामी संसद्का बैठकहरू नयाँ भवनबाटै सञ्चालन हुनेमा आफू ढुक्क रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ। चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन ...
। काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँगै २५ थान चोरीका मोबाइल पनि बरामद भएको प्रहरीले भनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईँ र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने १९ ...
: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय ...
। कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले पूर्वाधार विकासलाई गति दिन कानुनी सुधारसँगै आयोजना कार्यान्वयनको कार्यशैली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति चौधरीले कानुनका दफा संशोधन गर्दैमा पूर्वाधार विकासले गति लिन नसक्ने बताएका हुन् । उनले पूर्वाधार आयोजना निर्माणमा हुने ढिलाइ, जटिल प्रशासनिक प्रक्रिया र निर्णय ...
। अन्तर व्यवस्थापकीय संघ (आईपीयू) मा नेपालले प्राकृतिक विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने भएको छ । आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् । सभामुख अर्याल नेतृत्वको भ्रमण टोलीमा सांसद र संसद सचिवालयका अधिकारीहरू रहेका छन् । उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम