मुख्य समाचार
दुबईका लागि एल अलका उद्धार उडान रद्द
दुबईका लागि एल अलका उद्धार उडान रद्द

)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति नदिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ ।

एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान पूर्ण रूपमा बुक भइसकेको कम्पनीले जनाएको छ । इजरायली र इमिराती अधिकारीबीच लामो छलफलपछि विमान अवतरणका लागि अन्तिम अनुमति प्राप्त हुन नसकेको जनाइएको छ ।




उडान रद्द भएको घटना सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ आएको फ्लाई दुबईको विमानमा भएको गम्भीर सुरक्षा घटनापछि भएको हो । उक्त घटनामा ओमानी सहपाइलटले विमानका कमान्डरमाथि आक्रमण गरी विमान तल झार्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गम्भीर घाइते भए पनि क्याप्टेन स्मिट मच्छरले आक्रमणकारीको प्रतिरोध गरेका थिए । चालक दल र यात्रुको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानको कमान्ड पुनः कायम गरिएको थियो । विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरेको र १८० यात्रु सुरक्षित रहेको जनाइएको छ ।




इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार घटनाका बेला विमान इजरायली हवाई क्षेत्रनजिकै थियो । उनले क्याप्टेन मच्छरले सहपाइलटलाई नियन्त्रणबाट हटाउन सफल भएको तथा दुई गैरड्युटी उडानकर्मीले विमान सम्हालेको बताएका छन् । सहपाइलट ओमानमा जन्मिएको र ओमानी नागरिक रहेको एक ओमानी अधिकारीले बताएका छन् ।

नेतान्याहुले सहपाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको अनुसन्धानबाट देखिएको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहपाइलटको तेहरानसँग सम्बन्ध हुन सक्ने आफूले सुनेको बताएका छन्। यद्यपि इरानको संलग्नताबारे निष्कर्षमा पुग्न अझै समय लाग्ने नेतान्याहुले बताएका छन्।

इजरायली अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् । यसैबीच, युएईका लागि भारतका राजदूत दीपक मित्तलले क्याप्टेन मच्छरको अवस्था स्थिर रहेको र उनी यूएईको अस्पतालमा उपचाररत रहेको पुष्टि गरेका छन्। उनले क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्दै सयौँ यात्रुको ज्यान जोगाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...