मुख्य समाचार
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते

: मोरङको लेटाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १०:३५ बजेतिर लेटाङ नगरपालिका–९ स्थित हात्तीचोकको भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापाका २७ वर्षीय कुमार नेपाली र पछाडि सवार झापाकै २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका कुमारलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएकोमा चिकित्सकले राति १२ बजे मृत घोषणा गरेका थिए । त्यस्तै, अर्का घाइते सन्देशको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति १२:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको डीएसपी मिश्रले बताए । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी जाँतेको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अन्तर व्यवस्थापकीय संघ (आईपीयू) मा नेपालले प्राकृतिक विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने भएको छ । आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् । सभामुख अर्याल नेतृत्वको भ्रमण टोलीमा सांसद र संसद सचिवालयका अधिकारीहरू रहेका छन् । उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस ...
: नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौँको गँगबुस्थित नयाँ बसपार्कमा पहिलो ...
। रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले हिमाली पर्यटकीय राजमार्गका नाममा सयौँ वर्ष पुरानो पर्यटनको चिहान मेटाउने गरी काम गर्न नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विकासका नाममा डोजर चलाउनुअघि जीपीएस डेटाका आधारमा री–म्यापिङ गर्नुपर्ने बताएका हुन् । पर्यटन पनि जोगाउने, मोैलिकता पनि बाँच्ने, विकास पनि झल्किने रैथाने मोडलमा काम गनुपर्ने उनको आग्रह छ ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका छन्। विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार बोल्दै उनले भारतसँगको सहकार्य रसद व्यवस्थापनमा मात्र सीमित नरहेको उल्लेख गरे । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको ...
: मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थिति हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका १५ जनाकै पहिचान खुलेको छ। हिमपहिरोमा परेर बेपत्ता भएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला परेको हो। दुर्घटनामा परेका ओखलढुंगाका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै बेपत्ता छन्। उनी हिमालयन होलिडेज एजेन्सीका कर्मचारी हुन्। अत्यधिक हिमपात र लगातारको वर्षाका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम