मुख्य समाचार
जापानको बेरोजगारी दर बढ्यो
जापानको बेरोजगारी दर बढ्यो

। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ ।

कामबाट बाहिरिएका व्यक्तिमध्ये आठ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन् । राम्रो काम गर्ने अवस्था खोज्दै रोजगारी छाड्नेको सङ्ख्या जुलाईको तुलनामा आठ प्रतिशतले बढेको हो । त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो ।

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर चार लाख ६० हजार पुगेको छ । यसैबीच, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टै तथ्याङ्कअनुसार अगस्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ । यो अघिल्लो महिनाको तुलनामा अपरिवर्तित हो । यसको अर्थ प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए ।

उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन् । आवास तथा रेस्टुरेन्ट सेवामा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।

तर उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी ...
: शनिबार राति जापानमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कम्तिमा २२ जना घाइते भएका छन्। धेरै पसलका झ्यालहरू फुटेका छन्। शक्तिशाली भूकम्पका कारण मानिसहरू आफ्नो घर र भवनहरूबाट भाग्न बाध्य भएका थिए। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रिफेक्चरमा जमिनबाट ४० किलोमिटर मुनि थियो भने सबैभन्दा शक्तिशाली भूकम्प आइची प्रिफेक्चरमा महशुस गरिएको ...
: हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो। उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो। पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति ...
: जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ। स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ। फुकुदा सेप्टेम्बर २००७ मा ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...