मुख्य समाचार
पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित
पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित

। पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो ।

क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमा समेटियो । भुटानलाई सस्तोमा समेट्न क्यान–११ का विपिन शर्मा एक्लैले ५ विकेट लिए । ४ ओभरमा विपिनले ७ रन खर्चेर ५ विकेट लिएका हुन् । आकाश चन्दले २, रसिद खान, प्रकाश जैशी र कप्तान विपिन खत्रीले एकएक विकेट लिए ।

ब्याटिङमा भुटानका सोनाम चोपेल, टाशी फुन्त्शो र आनन्द दोर्जीले समान १५ रन बनाए । नाम्गे थिन्ले १३, रञ्जुङ मिक्यो दोर्जी १ र छिरिङ टाशी ६ रन बनाएर आउट हुँदा सोनाम येशे २ रनमा अविजित रहे । तेञ्जिन राब्गे, नाम्गाङ चोजय, गकुल कुमार घाले र कर्मा दोर्जीले कुनै पनि रन जोड्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । क्यान–११ का लागि ओपनर तृतराज दासले अर्धशतक बनाए ।

उनले ३१ बलमा ५१ रन बनाए । मयन यादव २६, वंश क्षेत्री ४, सिब्रिन श्रेष्ठ १९, रसिद खान २४ र प्रकाश जैशी ४ रनमा आउट हुँदा कप्तान विपिन खत्री ३८ र युवराज खत्री एक रनमा अविजित रहे ।

दीपक कुमार डुम्रेले कुनै पनि रन जोेड्न सकेनन् । बलिङमा भुटानका आनन्दले ३, गकुलले २, सोनाम येशे र नाम्गे थिन्लेले एकएक विकेट लिए ।

अब भुटान अक्टोबर ५ बाट सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ खेल्न मलेसिया जानेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ। बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित भएकी छिन्। जापानको नागोया सिटी इनाइ स्पोट्र्स सेन्टरमा सुशिला १०–० ले पराजित भएकी हुन्। उनले स्कोर गर्नै सकिनन्। कुस्तीबाट नेपालका अन्य ४ खेलाडीले खेल्न बाँकी नै रहेको छ। जसमा पुरुष तर्फ सुरेश चुनाराले ७४ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन्। राज ...
: २० औं जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका चार खेलाडीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन् । आइची इन्टरनेसनलमा भएको खेलमा महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन् । महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम