मुख्य समाचार
जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८३ लागू
जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८३ लागू

। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ ।

परिसरको कार्यालय भद्रकालीमा पत्रकार सम्मलेन गर्दै काठमाडौंका एसएसपी दीलिप घिमिरेले विशेष सुरक्षा योजना आजैबाट लागू भएको बताए । सुरक्षा योजना डेढ महिना अर्थात ३० कात्तिकसम्म जारी रहने बताइएको छ ।

दसैं, तिहार तथा छठमा हुनसक्ने अपराधजन्य कार्यलाई रोकथाम तथा न्यूनिकरण गर्न भन्दै प्रहरीले विशेष योजना लागू गरेको छ । चाडपर्वमा पटका, अतिसबाजी, आगलागी, मदिरा सेवनपछि सवारी दुर्घटना, नक्कली टिकट, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधि हुनसक्ने औंल्याइएको छ ।

त्यस्तै पेय पदार्थमा नसालु पदार्थ मिसाउने, नक्कली नोटको कारोबार, हत्या लगायतको घटना पनि हुनसक्ने जोखिम रहेको प्रहरीको विश्लेषण छ । यिनै आपराधिक गतिविधि रोक्न र नागरिक सुरक्षा प्रत्याभूति दिलाउन विशेष सुरक्षा योजना लागू गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापा बताउँछन् ।




३ हजार बढी प्रहरी परिचालन

चाडबाडमा हुनसक्ने यस्ता आपराधिक गतिविधि रोक्नका लागि काठमाडौं परिसरले ३ हजार ५०६ प्रहरी परिचालन गर्ने भएको छ । सादा पोशाकदेखि युनिफर्मसम्म गरेर ३ हजार ५०६ प्रहरी परिचालन हुनेछन् । जसमा तालुक कार्यालयबाट थप मतको रुपमा १९० जना परिचालन हुने बताइएको छ ।

प्रहरीहरू बढी संवेदनशील तथा जोखिम रहेका क्षेत्रहरू मठ मन्दिर तथा धार्मिक स्थलहरू, न्यूरोड, असन जस्ता व्यापारिक र भीडभाड हुने क्षेत्रहरूमा, यातायाताको काउन्टर भएका ठाउँहरू, बजार क्षेत्र तथा बैंक तथा वित्तिय क्षेत्रहरू जस्ता ठाउँहरूमा प्रहरी ठूलो मात्रामा परिचालन गरिने बताइएको छ ।

ड्रोन र कुकरको सहयोगमा निगरानी

चाडपर्वलक्षित सुरक्षा योजनामा ड्रोनदेखि कुकुरसम्म परिचालन गरिने बताइएको छ । नाकाहरूमा तालिमप्राप्त कुकुरहरू परिचालन गरी स्नीफिङ गराउनेसम्मको काम हुने बताइएको छ ।

विशेषगरी यस्ता कुकुरहरूले बिस्फोटक पदार्थ पहिचानमा सहयोग गर्नेछन् । त्यस्तै ड्रोनबाट निगरानी पनि हुनेछ । त्यसका लागि ३ वटा ड्रोन परिसर काठमाडौंमा आइसकेको बताइएको छ ।

‘ड्रोनदेखि कुकुरसम्म परिचालन गरेर काठमाडौं सुरक्षित बनाउने हाम्रो प्रयास हुनेछ’ पत्रकार सम्मलेनमा बोल्दै एसएसपी घिमिरेले भने ।

त्यसैगरी १ हजार २४२ स्थानमा राखिएका सीसीक्यामेराबाट पनि निगरानी हुने बताइएको छ । सोस मिडिया मनिटरिङ पनि गरिने बताइएको छ । काठमाडौंका १० स्थानमा सुरक्षाको अत्याकवश्यक जानकारी दिनका लागि पब्लिक अनान्समेन्ट सिस्टम पनि राखिनेछ ।

पीपीआई मोडल

चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा काठमाडौं प्रहरीले पीपीआई मोडल लागू गरेको छ । जसमा प्रोमोशनल, प्रिभेन्टीभ, इन्सफोर्समेन्ट, इन्नोभेशन छन् । प्रोमोशनलमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ । जसमा मिडिया, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरी नागरिकलाई सचेतना अभिवृद्धि गरिने बताइएको छ ।

प्रिभेन्टिभ अन्तर्गत सम्भावित अपराध तथा जोखिम पहिचान गरी अग्रिम तयारी गर्ने, गस्ती, निगरानी, चेकजाँच, तथा संवेदशनशील स्थानहरूमा प्रहरीको उपस्थिती सुदृढ बनाइ अपराध हुन नदिन उपाय अबलम्बन गर्ने बताइएको छ ।

इन्फोर्समेन्टमा कानून विपरित क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्ने बताइएको छ ।

इन्नोभेशनमा भने प्रविधिको अधिक प्रयोग गरी प्रभाकारी सुरक्षा व्यवस्था मिलाउने दाबी छ ।

मोबाइल गस्तीदेखि स्ट्राइकिङसम्म

मोबाइल गस्तीदेखि स्ट्राइकसम्मका गस्ती तथा चेकिङ गरिने प्रहरीले बताएको छ । ९८ स्थानमा एरिया कभरको काम हुने बताइएको छ । १६६ वटा मोबाइल गस्ती परिचालन हुनेछन् ।

५०८ स्थानमा पिकेट हुनेछ । २१० पैदल गस्ती टोली खटिनेछन् । मोटरसाइकल क्युआरटी (क्वीक रेस्पोन्स टिम) १५२ वटा परिचालन हुनेछन् । गाडीसहितको क्युआरटी १४० वटा हुनेछन् । १४० स्थानमा कर्डन सर्चको काम हुनेछ ।

७० सादा पोशाकको टिम परिचालन हुनेछन् । १३३ स्थानमा चेकप्वाइन्ट हुनेछ । ८० मन्दिरहरूमा प्रहरीको विशेष सुरक्षा हुने बताइएको छ । १४८ टिकट काउन्छरमा पनि विशेष निगरानी हुने बताइएको छ ।

यसरी प्रहरीले स्ट्राइकिङदेखि रिभर्स, सिआरभी, पैदल गस्ती, ट्राफिकसहितको संयुक्त चेकिङ गरी सुरक्षा व्यवस्था मिलाउने बताएको छ ।

१२ स्थानमा नागरिक सहायता कक्ष

परिसर काठमाडौंले विभिन्न १२ स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । बालाजुबाट आजै यसको सुरुवात गरिएको छ ।

कलंकी, बल्खु, कोटेश्वर, जडिबुटी, गौशाला, चाबहिल चोक, गोंगबु बसपार्क, बिजी मल अगाडि, सितपाइला जोरपाटी, बालाजु बाइपास, बालाजु चोक, सुरुङमार्ग नागढुंगा लगायतका क्षेत्रहरूमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरेर काम अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपाल सरकारको तर्फबाट भएको सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले महासभामा भएको सहभागिता र सो क्रममा उठाइएका विषयहरूबारे विस्तृतमा जानकारी गराएका हुन् । महासभामा नेपालकोतर्फबाट प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए । उक्त सम्बोधनबारे पनि परराष्ट्रमन्त्री खनालले जानकारी गराए । उनका अनुसार, प्रधानमन्त्री ...
। भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ । आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे । उनका अनुसार ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुलाई सपथग्रहण गराउदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उदेश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न ...
। नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित लगानी र विकासका लागी कानुन सुधार सम्बन्धी कार्याशाला गोष्ठीमा अध्यक्ष अग्रवालले यस्तो धारणा राखेका हुन । उनले पूर्वाधार विकासका लागि कानुनी प्रक्रिया सरल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम