मुख्य समाचार
जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ

। जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरेको छ ।

२४ घण्टाको अवधिमा विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ पर्नेहरूमा २२७ जना पुरुष र २३ जना महिला छन् । सुरक्षित काठमाडौं अभियान अन्तर्गत प्रहरीले स्विप अपरेसन चलाएर कारबाही गरिरहेको छ ।

विभिन्न आपराधिक पृष्ठभूमिका, पटके कसुरदारहरू, होल्ला गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्‍याउने लगायतका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपाल सरकारको तर्फबाट भएको सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले महासभामा भएको सहभागिता र सो क्रममा उठाइएका विषयहरूबारे विस्तृतमा जानकारी गराएका हुन् । महासभामा नेपालकोतर्फबाट प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए । उक्त सम्बोधनबारे पनि परराष्ट्रमन्त्री खनालले जानकारी गराए । उनका अनुसार, प्रधानमन्त्री ...
। भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ । आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे । उनका अनुसार ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुलाई सपथग्रहण गराउदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उदेश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न ...
। नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित लगानी र विकासका लागी कानुन सुधार सम्बन्धी कार्याशाला गोष्ठीमा अध्यक्ष अग्रवालले यस्तो धारणा राखेका हुन । उनले पूर्वाधार विकासका लागि कानुनी प्रक्रिया सरल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम