मुख्य समाचार
पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण
पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण

: नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । आज एक अपिल जारी गर्दै देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशन निकै महत्वपूर्ण रहेको बताएका हुन्।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजबुत बनाउन पनि १५ औं महाधिवेशन निकै महत्वपूर्ण भएको उनको भनाई छ। ‘झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ। हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ।’

उनले कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको देशभरका वडाहरुको अधिवेशन आजबाट सुरु हुने जानकारी गराए। ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लाशका साथ सहभागि भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु।’ उनले भने, ‘साथै पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशन मार्फत समाधान गरेर पार्टीलाई थप मजवुत बनाउने प्रण पनि गर्दछु।’

गगन थापाको संस्थापन पक्षले वडा र पालिकाको अधिवेशन सकेर क्षेत्रीय अधिवेशन जारी राखेको छ। कांग्रेसको देउवा-कोइराला समूहले समानान्तर समिति बनाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए। उनले सरुवा–बढुवामा डिजिटल प्रणाली,राहदानी र लाइसेन्स घरमै पुर्‍याउने सेवा,भुमि प्रशासनको विस्तार तथा ...
: सरकारले मुलुकमा उत्पादित विद्युत्को व्यापार गर्नेभन्दा स्वदेशमै यसको खपत बढाउने रणनीति लिने जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी विद्युत्को उपयोग गरी कृषि क्षेत्रमा आवश्यक रासायनिक मल देशभित्रै उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्। प्रधानमन्त्री शाहले प्राविधिक तथा इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग बुधबार सरकारका नीति निर्माण, पूर्वाधार विकास र सरकारलाई प्राविधिक क्षेत्रबाट हुने सुझाव र सहयोगबारे छलफल ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन्। बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताए। उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे। ...
: गृहमन्त्री सुधन गुरुङले हेलिकोप्टर उद्धारका लागि अर्बौं रूपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रूपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको बताए। वास्तविक खर्च बढीमा १४ देखि २० करोड रूपैयाँ हाराहारीमात्र रहेको उनले ...
: धनुषामा विद्युत् मर्मतका लागि पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । छिमेकीको घरमा विद्युत् नआएपछि मर्मत गरिदिन आग्रह गरेपछि साह पोलमा चढेका थिए । मर्मत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम