मुख्य समाचार
राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन
राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन

: राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।

बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली,२०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्नेगरी ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिए ।

समितिको सदस्यमा कृष्ण प्रसाद पौडेल,गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी , सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुल प्रसाद विश्वकर्मा रहेका छन् ।

विपद् प्रभावितलाई पुनस्र्थापना एवम् भौतिक संरचनाको पुनर्निर्माण,जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिस गर्नका लागि विपद् सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरि विशेष समिति गठन गरिएको अध्यक्ष दाहालले जानकारी दिए।

समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहने र आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली,२०७५ को अधिनमा रही आवश्यक कार्यविधि,कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए। उनले सरुवा–बढुवामा डिजिटल प्रणाली,राहदानी र लाइसेन्स घरमै पुर्‍याउने सेवा,भुमि प्रशासनको विस्तार तथा ...
: सरकारले मुलुकमा उत्पादित विद्युत्को व्यापार गर्नेभन्दा स्वदेशमै यसको खपत बढाउने रणनीति लिने जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी विद्युत्को उपयोग गरी कृषि क्षेत्रमा आवश्यक रासायनिक मल देशभित्रै उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्। प्रधानमन्त्री शाहले प्राविधिक तथा इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग बुधबार सरकारका नीति निर्माण, पूर्वाधार विकास र सरकारलाई प्राविधिक क्षेत्रबाट हुने सुझाव र सहयोगबारे छलफल ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन्। बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताए। उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे। ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । आज एक अपिल जारी गर्दै देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशन निकै महत्वपूर्ण रहेको बताएका हुन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई ...
: गृहमन्त्री सुधन गुरुङले हेलिकोप्टर उद्धारका लागि अर्बौं रूपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रूपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको बताए। वास्तविक खर्च बढीमा १४ देखि २० करोड रूपैयाँ हाराहारीमात्र रहेको उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम