मुख्य समाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध ४ करोड ७४ लाख ८१३ रुपैयाँ बिगो माग गर्दै बिहीबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।

श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी त्यसको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएको आयोगको दावी छ।




श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको मिति २०५३ साउन २७ देखि २०८१ चैत्र २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आयोगले उनको सम्पत्तिमाथि अनुसन्धान गरेको हो। सोही अवधिमा श्रेष्ठको कूल आम्दानी ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ।

तर, सोही अवधिमा उनले जग्गा खरिददेखि बैंक मौज्दातलगायतमा कूल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। आम्दानीभन्दा खर्च अस्वभाविक देखिएको तथा सम्पत्ति लुकाइ झुट्टा विवरण पेश गरेको श्रेष्ठमाथि आरोप छ।

आयोगले उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनका साथै झुट्टा सम्पत्ति विवरण पेश गरेको कसूरमा कैद र जरिवानाको समेत माग गरेको छ। साथै श्रीमती कमलाको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरिएको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए। उनले सरुवा–बढुवामा डिजिटल प्रणाली,राहदानी र लाइसेन्स घरमै पुर्‍याउने सेवा,भुमि प्रशासनको विस्तार तथा ...
: सरकारले मुलुकमा उत्पादित विद्युत्को व्यापार गर्नेभन्दा स्वदेशमै यसको खपत बढाउने रणनीति लिने जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी विद्युत्को उपयोग गरी कृषि क्षेत्रमा आवश्यक रासायनिक मल देशभित्रै उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्। प्रधानमन्त्री शाहले प्राविधिक तथा इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग बुधबार सरकारका नीति निर्माण, पूर्वाधार विकास र सरकारलाई प्राविधिक क्षेत्रबाट हुने सुझाव र सहयोगबारे छलफल ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन्। बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताए। उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे। ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । आज एक अपिल जारी गर्दै देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशन निकै महत्वपूर्ण रहेको बताएका हुन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई ...
: गृहमन्त्री सुधन गुरुङले हेलिकोप्टर उद्धारका लागि अर्बौं रूपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रूपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको बताए। वास्तविक खर्च बढीमा १४ देखि २० करोड रूपैयाँ हाराहारीमात्र रहेको उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम