मुख्य समाचार
नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

: नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बुधबार शितल निवासमा फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस्तै थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पनि राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले मुलुकमा उत्पादित विद्युत्को व्यापार गर्नेभन्दा स्वदेशमै यसको खपत बढाउने रणनीति लिने जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी विद्युत्को उपयोग गरी कृषि क्षेत्रमा आवश्यक रासायनिक मल देशभित्रै उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्। प्रधानमन्त्री शाहले प्राविधिक तथा इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग बुधबार सरकारका नीति निर्माण, पूर्वाधार विकास र सरकारलाई प्राविधिक क्षेत्रबाट हुने सुझाव र सहयोगबारे छलफल ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन्। बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताए। उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे। ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । आज एक अपिल जारी गर्दै देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशन निकै महत्वपूर्ण रहेको बताएका हुन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई ...
: गृहमन्त्री सुधन गुरुङले हेलिकोप्टर उद्धारका लागि अर्बौं रूपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रूपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको बताए। वास्तविक खर्च बढीमा १४ देखि २० करोड रूपैयाँ हाराहारीमात्र रहेको उनले ...
: धनुषामा विद्युत् मर्मतका लागि पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । छिमेकीको घरमा विद्युत् नआएपछि मर्मत गरिदिन आग्रह गरेपछि साह पोलमा चढेका थिए । मर्मत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम