मुख्य समाचार
मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ९ करोड बराबरको क्षति भएको जानकारी
मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ९ करोड बराबरको क्षति भएको जानकारी

: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ९ करोड बराबरको क्षति भएको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण मोबाइल बिटिएस, वायरलाइन, एफटिटिएच र ब्याकबोन ट्रान्समिसनमा करिब रु. ८ करोड ८५ लाख १२ हजार बराबरको क्षति भएको बताए। उनले रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइट अवरुद्ध भएकामा पूर्ण क्षतिग्रस्त ३ वटा (त्रिशुली थ्री–बी, चिलिमे खोला र टिमुरे) बाहेक अन्य सञ्चालनमा आइसकेको जानकारी दिए।

त्यस्तै, मन्त्री तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै विज्ञापन बजारलाई व्यवस्थित बनाउन नयाँ ‘विज्ञापन नीति २०८३’ ल्याइएको उल्लेख गरे। लोककल्याणकारी विज्ञापन पत्रकारको तलब नभई राज्यको सहयोग भएकाले वर्गीकरण, कभरेज र अवधिका आधारमा समानुपातिक एवं न्यायोचित वितरण हुनुपर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाल सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय र मातहतका निकायहरूलाई परम्परागत तथा ढिलासुस्तीपूर्ण कार्यशैली त्यागेर परिणाममुखी, पारदर्शी र प्रणालीमा आधारित शासन प्रणाली अपनाउन निर्देशन दिएका छन् मन्त्रालयमा आयोजित उच्चस्तरीय समीक्षा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने र विकास निर्माणका काममा हतारो गर्ने पुरानो प्रवृत्ति अब पूर्णरूपमा तोडिनुपर्नेमा जोड ...
: राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली,२०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्नेगरी ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिए । समितिको सदस्यमा कृष्ण ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध ४ करोड ७४ लाख ८१३ रुपैयाँ बिगो माग गर्दै बिहीबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो। श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी त्यसको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको ...
: झण्डै तीन किलो अवैध लागूऔषध अफिमसहित प्रहरीले बाराको सिमराबाट एक दम्पतीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया ...
: हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ। सिंहदरबारमा बिहीबार बेसको समिति बैठकले सदस्यहरूले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिए। त्यस्तै समितिको टिओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए। त्यस्तै उनले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम