मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह

: प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा उनले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन जोड गरेका हुन्।

'तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,' प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार शितल निवासमा फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । त्यस्तै थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत ...
: झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेट (बीआर ३७ जे २७०८) को मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला, खनियाबाद-३, फतेपुर निवासी ...
: सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको बताए। 'प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्र र व्यवसायमैत्री वातावरण ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको फ्लोअप गर्ने प्रणाली विकास गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। 'मैले एउटा एकदम ठूलो ग्याप के पाएभन्दा विभागको जिम्मेवारी लाइसेन्स दिनेसम्म मात्र रहेछ, ...
: जलवायु परिवर्तनका मुद्दालाई अझ सशक्त र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीति शाखा’ (डेस्क) को स्थापना गरेको छ। हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले दर्जनौँ देशका समकक्षीहरूसँग जलवायु परिवर्तनका विषयमा प्रभावकारी छलफल गरेका थिए। त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले पनि नेपाल जलवायु परिवर्तनको असरबाट उच्च जोखिममा रहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम