मुख्य समाचार
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान

। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ ।

रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक गरेको हो ।

इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्न सन् २०१४ मा इराक र सिरियामा तैनाथ गरिएको अमेरिकी नेतृत्वको गठबन्धनले बुधबार आफ्नो सैन्य अभियान औपचारिक रूपमा सम्पन्न गर्दै इराकबाट फिर्ती भएको थियो । आइएसले कुनै समय दुवै देशको ठूलो भूभाग कब्जा गरेको थियो । इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आइएस पराजित भए पनि गठबन्धन सेनाले त्यसका बाँकी समूहविरुद्ध कारबाही जारी राखेको थियो ।

रिभोलुसनरी गाड्र्सले अमेरिकी सेनाको उपस्थितिले क्षेत्रीय सुरक्षा सुनिश्चित नगरेको दाबी गर्दै अमेरिकाले पश्चिम एसिया छाडेर सुरक्षा व्यवस्थापन सम्बन्धित राष्ट्रलाई नै सुम्पिनुपर्ने बताएको छ । दुई दशक लामो अमेरिकी उपस्थितिले क्षेत्रीय असुरक्षा, आतङ्कवाद र अस्थिरता बढाएको उसको आरोप छ ।
इराक र अमेरिकाले सन् २०२४ मा गठबन्धनको मिसन अन्त्य गर्ने सहमति गरेका थिए । त्यसपछि गठबन्धनमा आबद्ध सेना इराकभरका आफ्ना आधारबाट क्रमशः फिर्ता हुँदै आएका थिए । पछिल्लो समय उनीहरूको उपस्थिति इराकको स्वायत्त उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित थियो ।

इराकी सरकारले गठबन्धन सेनाको फिर्तीपछि इरान समर्थित शक्तिशाली सशस्त्र समूहले हतियार कायम राख्न प्रयोग गर्दै आएको एउटा प्रमुख बहाना हटेको बताएको छ । यसैबीच इराकी प्रधानमन्त्री अली अल–जैदीले बिहीबार सशस्त्र समूहलाई आफ्ना हतियार राज्यलाई हस्तान्तरण गर्न जुन ३० सम्मको नयाँ समयसीमा घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै ...
— दुबईबाट तेल अभिभतर्फ गइरहेको फ्लाई दुबईको एफजेट१०७३ उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान सुरु गरेको छ । युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । युएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि ...
रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गरेको हो। रुसले मस्कोमा रहेका हंगेरीका कार्यवाहक राजदूत गाबोर गर्गिचलाई मन्त्रालयमा बोलाएको थियो। मन्त्रालयले उनलाई यो निर्णयको जानकारी दिएको छ। हंगेरीको मस्कोस्थित दूतावासका कर्मचारीहरूले रुस छाड्नुपर्नेछ। सेन्ट पिटर्सबर्ग र कजानमा रहेका हंगेरीका महावाणिज्य दूतावासका कर्मचारीहरू पनि फर्कनुपर्नेछ। हंगेरीले गत सेप्टेम्बर ८ मा केही ...
। अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ। होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो। चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई बुधबार अर्का एक सङ्घीय न्यायाधीशले रोक लगाएका छन्। क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेउड गिलियमले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा र विदेश मन्त्रालयले ट्रम्पको यो शुल्क लागू गर्नुअघि आवश्यक नियम-निर्माण प्रक्रियाहरू पालना गर्न नसकेको फैसला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम