मुख्य समाचार
भारतीय टोली एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश
भारतीय टोली एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश

। भारतीय टोली एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४५ रनमै अलआउट गरेर फराकिलो जित निकाल्दै भारतले पाकिस्तानसँगको स्वर्ण भिडन्त पक्का गरेको हो ।

भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भएको हो । नुवानिदु फर्नान्डोले सर्वाधिक १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २-२ विकेट लिँदा वासिङ्टन सुन्दरले १ विकेट लिए । तीन ब्याटर रनआउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

इशान किशनले ४६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाएर नटआउट रहे । वैभव सूर्यवंशीले ३८ रन बनाए ।

श्रीलंकाका थरिन्दु रत्नायके र सहान अराचिगेले २-२ विकेट लिँदा वनुजा सहान, लसिथ क्रसपुल र नुवानिदु फर्नान्डोले १-१ विकेट लिए ।

भारत र पाकिस्तानबीचको स्वर्ण पदक भिडन्त शनिबार हुनेछ । सोही दिन बंगलादेश र श्रीलंका कांस्य पदकका लागि खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ । जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक खेलमा मात्र बलिङ गरेको ...
। नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन् । भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिकाअनुसार नेपाल ए टोलीले डिसेम्बरमा पुरुष टी–२० शृङ्खला खेल्नेछ भने महिला टोलीले जनवरीमा महिला टी–२०आई शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ । नेपाल ए ले डिसेम्बर ४ देखि १३ सम्म हुने गेलेफु पुरुष टी–२० शृङ्खलामा ...
। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले भुटानलाई ६४ रनले पराजित गर्‍यो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । गण्डकीले दिएको १९७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ४ बलमा १३२ ...
। सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एन्फामाथि अनुसन्धान जारी राखेको बताएका हुन्। ‘एन्फाबारे दुई जनालाई नियन्त्रणमा अनुसन्धान भइसकेपछि थप नयाँ कुराहरू आएको हुनाले सीआईबी अझ सक्रिय भएर लागेको ...
। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् । बीबीसी स्पोर्ट्सले प्राप्त गरेको पत्रमा इन्फान्टिनोले फिफाको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट जिम्मेवार रूपमा उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त कोष’ वितरणलाई समर्थन गर्ने बताएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर तथा मध्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम