मुख्य समाचार
सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य
सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य

। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । आगलागी संगलनता देखिएका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए । आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कृष्णचन्द्र जैसी र ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ...
। धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् । घटना बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह ...
। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दु:ख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएतापनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको ...
। प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री कार्यालय मातहतको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा नीतिगत भ्रष्टाचार र नियोजित सेटिङ भएको भन्दै संसदीय छानबिन समितिको माग गरेकी हुन् । सांसद ओलीले संसद्मा प्रश्तुत गरेको टाइमलाइन अनुसार, जेठ ...
। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम