। त्रिभुवन विश्वविद्यालयको सभा आगामी असोज २२ मा बस्ने भएको छ । त्रिविको सभा नबस्दा नीति तथा कार्यक्रम, बजेट, र विद्यार्थीको ग्रेसलिस्ट पास भएको थिएन ।
‘२२ गतेको सभाले बजेट र ग्रेसलिस्ट पास गर्छ,’ त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने ।
गत असारमै बजेट पास हुनुपर्ने थियो । तर, पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रोकिएको थियो ।