मुख्य समाचार
भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाए
भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाए

। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे ।

नेता आङ्देम्बेले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको विश्वास टिकाउन दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक पर्ने बताए ।

‘सरकारसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ । यो ठूलो राजनीतिक पूँजी हो । तर, बहुमत आफैंमा शासन गर्ने क्षमता होइन,’ उनले भने, ‘बहुमतले सरकार बनाउन सक्छ, तर जनताको विश्वास टिकाउन सक्दैन । त्यसका लागि दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम चाहिन्छ ।’

सरकारले राज्यका तीनवटै तह, संसद्, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्नेमा सीमित राजनीतिक घेराभित्र आफूलाई राख्न खोजेको अनुभूति भएको आङ्देम्बेको भनाइ थियो ।

‘सरकारले राज्य चलाउने हो, आफ्नो पक्ष या पक्षभित्रको कुनै सानो समूह मात्र चलाउने होइन,’ उनले भने । आङ्देम्बेले संसद्लाई सरकारले प्रतिस्पर्धीका रूपमा नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्ने पनि बताए ।

सरकारका निर्णय, नीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे संसद्लाई जानकारी गराउने, संवाद गर्ने र जवाफदेही हुने संसदीय परम्पराको महत्त्व रहेको उनले बताए ।

नेता आङ्देम्बेले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन शाहले संसद्लाई जानकारी नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

संसद्लाई जानकारी दिएर महासभामा उपस्थित हुनु भनेको परम्परा नभएर आफूले उठाउने विषयवस्तुहरूको संसदीय वैद्यता पनि भएको उनले प्रधानमन्त्रीलाई स्मरण गराए ।

‘दुर्भाग्य, संसद्लाई तपाईंले जानकारी त दिनुभएन नै, संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर फर्किएपछि संसद्लाई जानकारी गराउनु हुन्छ भन्ने लागेको थियो, त्यो पनि भएन,’ उनले भने, ‘सबै परम्परा भत्काउँछु भन्दा कुनै दिन तपाईंलाई त्यसकै कुनै वेगले उडाउला, हेक्का राख्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएकी छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् । मन्त्री चौधरीले रासायनिक मलको ...
। सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयकबारे यस्तो बताएकी हुन् । बिहीबार मात्रै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको हो । विधेयक संसद् पुगेपछि भूमि व्यवस्था, सहकारी, ...
। सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल ...
। पोखरा भ्रमणमा रहेको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भयो । यसअघि गण्डकी प्रदेशसँग सुरुवाती दुई खेलमा पराजित भएको थियो । क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले ११० रन मात्र बनाउन सक्यो । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम