मुख्य समाचार
मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण
मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण

। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् ।

उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रमाण पेस भए फेस गर्न तयार रहेको पनि उनले जानकारी दिइन् ।
यसअघि दुई व्यक्तिहरुले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारु लगायतको नाम लिँदै लेनदेनको कुरा गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । सो अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिन्छ ।

सो अडियोबारे बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरुले कृषिमन्त्री चौधरीसँग जवाफ मागेका थिए । सो विषयमा मन्त्री चौधरीले भनिन्, ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन ।’

उनले त्यसबारे कानुनी प्रक्रियामा गइसकेको भन्दै अनुसन्धान जारी रहेको विषयमा थप बोल्न नमिल्ने बताइन् ।

मन्त्री चौधरीले आफू लामो समयदेखि सुशासनका लागि लडेको र जेनजी आन्दोलनमा पनि योगदान दिएको भन्दै अनावश्यक टिकाटिप्पणी गर्नुभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन् । ‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन् ।

उनले पत्रकारहरूलाई समेत सत्यतथ्य बुझेर मात्रै विषयवस्तुलाई बाहिर ल्याउन सुझाव समेत दिइन् ।

मन्त्री चौधरीले रासायनिक मलको व्यवस्थापनदेखि कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी अघि बढाइरहेको जानकारी पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे । नेता आङ्देम्बेले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको विश्वास टिकाउन दृष्टि, संवाद, समन्वय, ...
। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन् । साथै, उनले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाए । पोखरेलले सरकारको तुलना ...
। बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन् । प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो । दौलिचौरबाट चैनपुरतर्फ आउँदै ...
। प्राकृतिक विपद्‌बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि संसदीय विशेष समिति बनाएको छ । बिहीबार बसेको सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको हो । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत गोरखा, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनलाई व्यंग्य गरेका हुन् । ‘राणा शासकहरूले आफूलाइ ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे ! हिजो हाम्रो प्रधानमन्त्रीले सांसदहरूकोे स्तर निर्धारण गर्नु भएछ, एक्सट्रा अर्डिनरी, एभरेज र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम