मुख्य समाचार
सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने
सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने

। सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बिहीबारको राष्ट्रियसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सो कुराको जानकारी दिएकी छन् ।

उनले निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन् ।

उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्‍याइने बताइन् ।

मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताउँदै संसद्का सदस्यको पद रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको बताइन् ।

आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि गर्नुपर्ने सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै प्रारम्भ गरिने उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे । नेता आङ्देम्बेले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको विश्वास टिकाउन दृष्टि, संवाद, समन्वय, ...
। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन् । साथै, उनले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाए । पोखरेलले सरकारको तुलना ...
। बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन् । प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो । दौलिचौरबाट चैनपुरतर्फ आउँदै ...
। प्राकृतिक विपद्‌बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि संसदीय विशेष समिति बनाएको छ । बिहीबार बसेको सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको हो । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत गोरखा, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनलाई व्यंग्य गरेका हुन् । ‘राणा शासकहरूले आफूलाइ ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे ! हिजो हाम्रो प्रधानमन्त्रीले सांसदहरूकोे स्तर निर्धारण गर्नु भएछ, एक्सट्रा अर्डिनरी, एभरेज र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम