मुख्य समाचार
एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु
एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु

। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरकी एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु भएको छ ।

गत शनिबार राति दिनेश ठाकुरकी श्रीमती १७ वर्षीया पूजा महतोको मृत्युमा माइती पक्षले आंशका व्यक्त गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार गत शनिबार राति घरको सुतिरहेको ओछ्यानमा पूजाको शव भेटिएको थियो । उनको घाँटीमा झुण्डिएको डाम देखिएको थियो ।

घटनापछि पति दिनेश र उनकी सासुआमालाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । पछि किरिया कर्मको लागि उनीहरूलाई प्रहरीले छोडेको थियो ।

यता माइतपक्षले उनको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

एउटै वडाको फरक टोल र जातका रहेका दिनेश र पूजाबीच प्रेम सम्बन्ध रहेको थियो । उमेर नपुगेको र फरक जातको रहेकोले परिवार र समाजले छुट्टाउन पञ्चायत गरेको थियो । तर, पछि सात महिना अघि पूजाले दिनेशसँग अन्तरजातीय विवाह गरेकी थिइन् ।

सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेकी उनको घाँटीमा डाम देखिएको थियो ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे यथार्थ खुल्ने र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् । उनले ८० लाख ठगी गरेको प्रहरीले बताएको छ । ठगीको कसुरमा बिडारीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ। मन्त्री ...
। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नामक दुई पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। सबै काम सरकार आफैँले गर्ने ...
। सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ । यसका निम्ति छुट्टै अध्ययन गरिँदैछ । सूचना तथा संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे संसदलाई जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन ...
। सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को यही असोज १३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम