मुख्य समाचार
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु

। नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन् ।




राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले महासचिव काम्बिवाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

कांग्रेसले १८ असोजमा हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् । उनले ८० लाख ठगी गरेको प्रहरीले बताएको छ । ठगीको कसुरमा बिडारीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ। मन्त्री ...
। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नामक दुई पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। सबै काम सरकार आफैँले गर्ने ...
। सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ । यसका निम्ति छुट्टै अध्ययन गरिँदैछ । सूचना तथा संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे संसदलाई जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन ...
। सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को यही असोज १३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम