मुख्य समाचार
एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा
एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँगको छलफलपछि एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा गरेका छन्। यस सम्झौताले एआई प्रविधिको सुरक्षा र जोखिम नियन्त्रणको मुख्य जिम्मेवारी सम्बन्धित कम्पनीहरूलाई नै सुम्पेको छ।

मुख्य एआई कम्पनीहरूले फ्रन्टियर मोडलहरूको तालिम तथा सञ्चालनका क्रममा आन्तरिक जोखिम समीक्षा, बाह्य अडिट र बहुस्तरीय नियन्त्रण प्रणाली अपनाउन सहमति जनाएका छन्। ट्रम्पले यो सम्झौतालाई ‘नैतिक रूपमा बाध्यकारी’ (मोरली बाइन्डिङ ) भन्दै कम्पनीहरूले एक-अर्काको निगरानी गर्ने बताएका छन्।


ट्रम्पले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शब्दलाई परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ (एसआई) नामाकरण गर्ने घोषणा गरेका छन्। उनले ‘इनअग्युरेटिङ द एरा अफ सुपर इन्टेलिजेन्स’ नामक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी सरकारी निकायहरूमा एआईको सट्टा ‘एसआई’ प्रयोग गर्न निर्देशन दिएका छन्। ट्रम्पका अनुसार यो प्रविधि इन्टरनेटभन्दा पनि ठूलो छ।

ह्वाइट हाउसमा भएको उक्त बैठक अघि नै एन्थ्रोपिक, ओपनएआई र गुगल जस्ता अग्रणी एआई ल्याबहरूले प्रविधिको परीक्षण र अडिटिङमा सहकार्य गर्न आन्तरिक ढाँचामा काम गरिरहेका थिए।

एआई क्षेत्रका केही विशेषज्ञहरूले सरकारी नियमनको अभावमा कम्पनीहरूकै भर पर्ने स्व-नियमनको नीतिले हाल देखिएका सुरक्षा चुनौतीहरू पूर्ण रूपमा समाधान गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

आगामी ३ देखि ४ दिनभित्र नयाँ ‘एआई जार’ को चयन गर्ने ट्रम्पको योजना छ, जसका लागि राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनको नाम अगाडि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक्सियोस’ सँग कुरा गर्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनलाई प्रशासनको नयाँ ‘एआई जार’ बनाउन सकिने सङ्केत गरेका छन्। एआईका क्षेत्रमा सरकारी नियन्त्रण र नियमनको माग बढिरहेका बेला ट्रम्पले यस पदका लागि उपयुक्त पात्रको खोजी गरिरहेका हुन्। एआई सम्बन्धी नेतृत्व कसलाई दिने भन्ने प्रश्नमा ट्रम्पले ‘मेरो दिमागमा एक जना व्यक्ति हुनुहुन्छ’ भन्दै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनमा कुराकानी गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले उनलाई विमानभित्र भएको घटनाबारे जानकारी गराएको बताए । उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए। ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’को संज्ञा दिँदै सह-पाइलट सम्भवतः आतंकवादी भएको वा ...
। इरानको एक पुनरावेदन अदालतले प्रसिद्ध गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजायलाई यथावत राखेको छ। अहमदीका वकिलहरूले पुनरावेदन अदालतले बिनाकुनै सुनुवाइ तल्लो अदालतको निर्णयलाई सदर गरेको जानकारी दिएका छन्। २९ वर्षीया गायिका अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा ‘स्लिभलेस’ (हाफ बाहुला) लुगा लगाएर र हिजाबविना लाइभस्ट्रिम कन्सर्ट प्रस्तुत गरेकी थिइन्। सो कन्सर्टको भिडियो ...
। फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ। उनको आवश्यक उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको दूतावासले जनाएको छ। दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी गरिरहेको ...
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम