मुख्य समाचार
नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाए
नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाए

। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुधबार नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाएका छन् ।

सुझाव बुझ्दै मन्त्री चौधरीले सरोकारवालाबाट आएका विषयको गहन अध्ययन र आवश्यक छलफलपछि मात्र नीति अगाडि बढाउने बताइन् ।

नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिने र युवाको महत्त्वपूर्ण भूमिका सुनिश्चित गरिने उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा राख्नुपर्ने उनले बताइन् ।

जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा चौधरीले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को यही असोज १३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन् । छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्री बालेनको भनाइ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्। पर्साको वीरगञ्जमा आयोजित पार्टीको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सबै लोकतान्त्रिक अधिकारमाथि एकपछि अर्को प्रहार, संविधान मिच्ने काम र गणतन्त्रमाथि प्रहार भइरहेको छ। यसले गर्दा कुनै पनि बेला अर्को ठूलो दुर्घटना हुने हो कि ...
। सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने भएका छन् । विभागले dotm.gov.np मा ‘भाडा दर खोजी’ नामक कोलम सुरु गरेको छ । जसमा गएर यात्रुले आफ्नो गन्तव्यको भाडा दर हेर्न सक्नेछन् । यसअघि यात्रुले सार्वजनिक रूपमा यसरी भाडा दर हेर्न सक्ने सुविधा उपलब्ध थिएन । चाडबाडका बेला सार्वजनिक यातायातले ...
। हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति कति हुनुपर्छ ? यो बहस संसदीय समितिमा पुगेको छ । संसद्‌मा विचाराधीन एउटा विधेयकले क्षतिपूर्तिको सीमा बढाउने प्रस्ताव गरेपछि यसको अर्को पाटो पनि बहसमा आएको छ, यात्रुको सुरक्षा र परिवारको आर्थिक अधिकार सुनिश्चित गर्दा त्यसको लागत अन्ततः कसले बेहोर्ने ? राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम