मुख्य समाचार
झापा आन्दोलनका योद्धा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन
झापा आन्दोलनका योद्धा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन

। पुराना वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरपीडित बस्नेतको बुधबार निधन भएको हो ।

उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।




बस्नेतको निधनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दु:ख व्यक्त गरेका छन् ।

‘झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनु भएको दु:खद खबर सुनेँ,’ उनले लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविष्मरणीय छ ।’




ओलीले अगाडि लेखेका छन्, ‘लामो जेल जीवन र यातनाका अनेकौं शृङ्खला पार गरेर आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको हो । म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु ।’

उनले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको सङ्घर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने बताएका छन् ।

२००९ साल असोज २५ मा जन्मिएका बस्नेतले झापा आन्दोलनमा संलग्न भएर आफूलाई राजनीतिमा समाहित गरेका थिए । पछिल्लो समय एमाले विभाजन हुँदा उनी माधवकुमार नेपालसँगै लागेर नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एकता हुँदा भने उनी घनश्याम भुसालसँगै नेकपा संयुक्तमा लागेका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि हुने नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिए । अन्त्येष्टिअघि आर्यघाटमै शोकसभा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को यही असोज १३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन् । छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्री बालेनको भनाइ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्। पर्साको वीरगञ्जमा आयोजित पार्टीको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सबै लोकतान्त्रिक अधिकारमाथि एकपछि अर्को प्रहार, संविधान मिच्ने काम र गणतन्त्रमाथि प्रहार भइरहेको छ। यसले गर्दा कुनै पनि बेला अर्को ठूलो दुर्घटना हुने हो कि ...
। सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने भएका छन् । विभागले dotm.gov.np मा ‘भाडा दर खोजी’ नामक कोलम सुरु गरेको छ । जसमा गएर यात्रुले आफ्नो गन्तव्यको भाडा दर हेर्न सक्नेछन् । यसअघि यात्रुले सार्वजनिक रूपमा यसरी भाडा दर हेर्न सक्ने सुविधा उपलब्ध थिएन । चाडबाडका बेला सार्वजनिक यातायातले ...
। हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति कति हुनुपर्छ ? यो बहस संसदीय समितिमा पुगेको छ । संसद्‌मा विचाराधीन एउटा विधेयकले क्षतिपूर्तिको सीमा बढाउने प्रस्ताव गरेपछि यसको अर्को पाटो पनि बहसमा आएको छ, यात्रुको सुरक्षा र परिवारको आर्थिक अधिकार सुनिश्चित गर्दा त्यसको लागत अन्ततः कसले बेहोर्ने ? राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम