मुख्य समाचार
महाकाली नदीमाथिको झोलुंगे पुल टुटेको घटनाप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह
महाकाली नदीमाथिको झोलुंगे पुल टुटेको घटनाप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह

। नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल टुटेको घटनाप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

पुल टुटेपछि दोधाराचाँदनीको जनजीवन र यातायात सम्पर्कमा परेको कठिनाइप्रति चिन्ता व्यक्त गर्दै लेखकले पुलको पुनर्निर्माण तथा मर्मत सम्भारमा जोड दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो धारणा सार्वजनिक गरेका हुन् ।

लेखकले उक्त पुल कञ्चनपुरका लागि मात्र नभई नेपालको झोलुंगे पुल विकासक्रमकै ऐतिहासिक संरचना भएको उल्लेख गरेका छन् । ‘देशको अन्य भूभागसँग यातायात सम्पर्क नभएको, जनजीवन ज्यादै कठिन भएको दोधाराचाँदनीलाई तत्कालीन अवस्थामा प्रत्यक्ष देशको भूभागसँग जोडेको यो पुल दोधाराचाँदनी वा कन्चनपुर मात्र होइन, देशकै ऐतिहासिक हो,’ उनले लेखेका छन् ।

लेखकले आफू २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएपछि महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधाराचाँदनीलाई देशको अन्य भूभागसँग जोड्नुपर्ने विषय संस्दमा उठाउँदा कतिपयले महाकालीमा झोलुंगे पुल बनाउने कुरा असम्भव भन्दै ठट्टा गरेको उनले स्मरण समेत गरेका छन् ।

तर सोही अवधिमा पुल निर्माणको काम अघि बढेको र नेपाल सरकारको बजेट, नेपाली प्राविधिक तथा नेपाली निर्माणकर्ताको संलग्नतामा ऐतिहासिक लामो झोलुंगे पुल निर्माण भएको लेखकले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को यही असोज १३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन् । छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्री बालेनको भनाइ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्। पर्साको वीरगञ्जमा आयोजित पार्टीको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सबै लोकतान्त्रिक अधिकारमाथि एकपछि अर्को प्रहार, संविधान मिच्ने काम र गणतन्त्रमाथि प्रहार भइरहेको छ। यसले गर्दा कुनै पनि बेला अर्को ठूलो दुर्घटना हुने हो कि ...
। सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने भएका छन् । विभागले dotm.gov.np मा ‘भाडा दर खोजी’ नामक कोलम सुरु गरेको छ । जसमा गएर यात्रुले आफ्नो गन्तव्यको भाडा दर हेर्न सक्नेछन् । यसअघि यात्रुले सार्वजनिक रूपमा यसरी भाडा दर हेर्न सक्ने सुविधा उपलब्ध थिएन । चाडबाडका बेला सार्वजनिक यातायातले ...
। हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति कति हुनुपर्छ ? यो बहस संसदीय समितिमा पुगेको छ । संसद्‌मा विचाराधीन एउटा विधेयकले क्षतिपूर्तिको सीमा बढाउने प्रस्ताव गरेपछि यसको अर्को पाटो पनि बहसमा आएको छ, यात्रुको सुरक्षा र परिवारको आर्थिक अधिकार सुनिश्चित गर्दा त्यसको लागत अन्ततः कसले बेहोर्ने ? राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम