मुख्य समाचार
लार्केपास पूर्ण रुपमा अवरुद्ध
लार्केपास पूर्ण रुपमा अवरुद्ध

। लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेका हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द भएको हो ।

पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए।

उनका अनुसार वर्षाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपासबाट ओसारपसार सुरु गरिएको छ । अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपासबाट मनाङ आवतजावत गर्न असम्भव भएको हो ।

‘यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरू यता रोकिएका छन्’, पूर्ववडा सदस्य रहेका निमा दोर्जेले भने, ‘अझै केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।’

बाढी र पहिरोका कारण मनास्लु पदमार्गको विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुल बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकका लागि अस्थायी काठेपुल बनाइएको छ ।

बाढी, पहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट वर्षामा घोडा, खच्चड हिँडाउन सकिएको छैन । बीचमा स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित छन् ।

हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका–१ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए । मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ’, उनले भने।

लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाको भनाइ छ । उनी भन्छन्, ‘अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौँ स्वदेशी, विदेशी पर्यटक पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी र यस्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरू मर्कामा परेका छन् ।’ लार्केपास खोलिदिन र सुरक्षित रुपमा सञ्चालनमा ल्याउने आफूहरूले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्रसमेत पठाएको जानकारी दिए।

विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनेको थियो । गत वर्ष स्थानीय युवाले बाटो खुलाएका थिए । यो वर्ष त्यो सम्भव नरहेको साम्दोमा निमा दोर्जे लामाले बताए । ‘यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, स्थानीयले मात्र हिउँ पन्छाउन सम्भव छैन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्नेक्रममा उनले सांसदहरूको वर्गीकरणबारे बोलेका हुन्। उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’ र तेस्रो ‘एक्स्ट्रा अर्डिनरी’मा विभाजन गरेका हुन्। उनले इन्जिनियर सांसदहरूलाई ‘एक्स्टा अर्डिनरी’ सांसदको रुपमा व्याख्या गरे। उनले तीन तहका व्यक्तिले कस्तो काम गर्छन् भन्नेबारे पनि ...
। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरकी एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु भएको छ । गत शनिबार राति दिनेश ठाकुरकी श्रीमती १७ वर्षीया पूजा महतोको मृत्युमा माइती पक्षले आंशका व्यक्त गरेका हुन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार गत शनिबार राति घरको सुतिरहेको ओछ्यानमा पूजाको शव भेटिएको थियो । उनको घाँटीमा झुण्डिएको डाम देखिएको थियो । घटनापछि पति ...
। प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग दुई घण्टा छलफल गरेका छन् । बुधबार दिउँसो उनीहरूसँग प्रधानमन्त्री शाहले संसद्‌मा उठेका विषय र त्यसको समीक्षासमेत गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए । नेकपा एमाले, नेपाली ...
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले महासचिव काम्बिवाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । कांग्रेसले १८ असोजमा हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई ...
। वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ । जापान पठाउने भन्दै उनले १५ जनाबाट १ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम