मुख्य समाचार
वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ
वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ

। ९-११ असोजसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

११ असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकले तलब नपाएको भन्दै यो विषय संसद्मा उठाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न उठाएका हुन् । ‘म मेरो निर्वाचन क्षेत्र अवस्थित हिमाल आइरन एन्ड स्टिल उद्योगको सयौं श्रमिकहरूले ९ महिना देखिको अढाई करोड भन्दा बढी पारिश्रमिक नपाएको दु:खद पिडा ...
। दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले २०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ । समिति सभापति आशिष गजुरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ...
एल्डरसट। बाँसुरीको मधुर धुनसँगै आठ कविले दुई दर्जनभन्दा बढी कविता वाचन गर्दै बेलायतको एल्डरसटमा तेस्रो काव्य-सन्ध्या सम्पन्न गरेका छन्।साहित्य सङ्गालो बेलायतको आयोजनामा शनिबार भएको कार्यक्रममा शशी थापा सुब्बाको कविता वाचनबाट कार्यक्रम सुरु भएको थियो। त्यसपछि राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई र मुकुल दाहालले आ-आफ्ना तीन-तीनवटा कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुधबार नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाएका छन् । सुझाव बुझ्दै मन्त्री चौधरीले सरोकारवालाबाट आएका विषयको गहन अध्ययन र आवश्यक छलफलपछि मात्र नीति अगाडि बढाउने बताइन् । नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई ...
। बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय लागु नगर्न उच्च अदालतले आदेश दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम