मुख्य समाचार
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने

। भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिने छ ।
प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ ।

प्राधिकरणले मौसम प्रतिकूल भए निर्धारित विद्युत् कटौती नगरिने जनाएको छ ।

प्राधिकरणका अनुसार १५ असोजमा सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

१६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ मा मुलपानी, १८ मा गुर्जुधारा र २० गते पुन: मुलपानी क्षेत्रमा लाइन काटिने छ ।

त्यस्तै २१ असोजमा बलम्बु, २२ मा कोटेश्वर–बालकुमारी, २४ मा सिफल, २५ मा सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरेर आवश्यक काम गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध काम अघि बढाइरहेको छ ।

यसअन्तर्गत पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली निर्माण गर्ने कार्यक्रम छ ।

कार्यक्रम अन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिने छ । त्यस्तै अप्टिकल फाइबर समेत भूमिगत रूपमा बिच्छ्याइने प्राधिकरणले जनाएको छ ।

भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणाली क्रमश: स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।

सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा जथाभावी फैलिँदा देखिने समस्या पनि भूमिगत प्रणालीबाट कम हुने प्राधिकरणको भनाइ छ ।

यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य कायम गर्न तथा आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले २०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ । समिति सभापति आशिष गजुरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ...
एल्डरसट। बाँसुरीको मधुर धुनसँगै आठ कविले दुई दर्जनभन्दा बढी कविता वाचन गर्दै बेलायतको एल्डरसटमा तेस्रो काव्य-सन्ध्या सम्पन्न गरेका छन्।साहित्य सङ्गालो बेलायतको आयोजनामा शनिबार भएको कार्यक्रममा शशी थापा सुब्बाको कविता वाचनबाट कार्यक्रम सुरु भएको थियो। त्यसपछि राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई र मुकुल दाहालले आ-आफ्ना तीन-तीनवटा कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुधबार नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाएका छन् । सुझाव बुझ्दै मन्त्री चौधरीले सरोकारवालाबाट आएका विषयको गहन अध्ययन र आवश्यक छलफलपछि मात्र नीति अगाडि बढाउने बताइन् । नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई ...
। बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय लागु नगर्न उच्च अदालतले आदेश दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको बुटवल रारा मसला उद्योग बन्द गराउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन ...
। पुराना वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरपीडित बस्नेतको बुधबार निधन भएको हो । उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए । बस्नेतको निधनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दु:ख व्यक्त गरेका छन् । ‘झापा आन्दोलनका योद्धा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम