मुख्य समाचार
टोकियोमा विगतका सबै रेकर्ड तोड्दै लगातार ३४ दिनसम्म वर्षा
टोकियोमा विगतका सबै रेकर्ड तोड्दै लगातार ३४ दिनसम्म वर्षा

— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो ।

जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । उक्त रेकर्ड यस वर्ष तोडिएको छ ।

वैज्ञानिकहरूका अनुसार जिवाश्म इन्धनको उत्सर्जनबाट उत्पन्न जलवायु परिवर्तनले वायुमण्डलमा आद्रता बढाएको छ । यसले भारी वर्षाको सम्भावनालाई थप तीव्र बनाएको छ ।

त्यस्तै, यस वर्ष विश्वव्यापी रूपमा देखिएको ’एल निनो’ मौसमी ढाँचाले पनि हावाको दिशा, वायुमण्डलको चाप र बादलको ढाँचामा परिवर्तन ल्याउँदा केही क्षेत्रमा अत्यधिक वर्षा र केही क्षेत्रमा सुख्खापन निम्त्याएको छ ।

टोकियोमा सामान्यतया जुन महिनामा वर्षायाम हुने गरे पनि यस वर्ष भने गर्मीका महिनाभर नै लगातार भारी वर्षा भइरहेको छ । यसले गर्दा टोकियो र आसपासका क्षेत्रमा ठूलो बाढी तथा डुबानको समस्या सिर्जना भएको छ ।

ads/1440x233px-ekantipur-27820260835-0692026083347.jpg
जापान मौसम विज्ञान एजेन्सीका अधिकारी मासायुकी क्योटाले ‘एल निनो’ कै आंशिक प्रभावका कारण यस महिना निरन्तर वर्षा भएको बताएकी छिन् ।

उनका अनुसार प्रशान्त महासागरमा उच्च चापीय प्रणाली सामान्यभन्दा बढी समयसम्म टिकिरहेका कारण शरद ऋतुको वर्षात्को प्रणाली पनि लामो समयसम्म स्थिर बनेको छ ।

जिएमएको तथ्यांकअनुसार सेप्टेम्बर महिनाको सोमबारसम्म टोकियोको केन्द्रीय भागमा मात्रै ६२९ मिलिमिटर वर्षा भइसकेको छ, जो सामान्यभन्दा लगभग तीन गुणा बढी हो।

यो परिमाण सन् १९५८ मा रेकर्ड गरिएको ६७०.९ मिलिमिटरको सेप्टेम्बर महिनाकै ऐतिहासिक उच्च रेकर्डको नजिक पुगेको मौसम एजेन्सीले जनाएको छ ।

टोकियोको यो वर्षा एशिया क्षेत्रभर देखिएको मौसमको उथलपुथलको एक हिस्सा मात्र हो । सेप्टेम्बरको मध्यदेखि आएको शक्तिशाली आँधी र त्यसपछिको बाढीका कारण थाइल्याण्डमा मात्रै १७ लाख मानिस प्रभावित भएका छन् भने २३ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...
। जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्‍याएका हुन् । संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो । सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई ...