मुख्य समाचार
म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो
म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो ।

उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले भने, ‘मृत्यु हुनेको संख्या ५० पुगेको छ र ५८ जना घाइते भएका छन् ।’

बमबारीपछिको भीषण आगलागीमा केही शवहरू जलेर नष्ट भएका कारण मृतकको अन्तिम संख्या अझै बढ्न सक्ने उनले चेतावनी दिएका छन् ।

सुरक्षाको कारण नाम नबताउने शर्तमा अर्का एक स्थानीय स्वयम्सेवकले पनि मृतकको संख्या ५० नै पुगेको पुष्टि गरेका छन् ।

उक्त क्षेत्रलाई नियन्त्रणमा राखेको स्थानीय जातीय विद्रोही समूह ‘अराकान आर्मी’ ले मंगलबार यसअघि नै मृतकको संख्या ४९ पुगेको र ५८ जना घाइते भएको जनाएको थियो । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मारिनेहरूमा निर्दोष बटुवाहरू, बजारका व्यापारीहरू, खरिदकर्ताहरू र सामान बोक्ने मजदुरहरू रहेको अराकान आर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ads/1440x233px-ekantipur-27820260835-0692026083347.jpg
सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासनसत्ता हातमा लिएपछि म्यान्मार गृहयुद्ध चर्कदैं गएको छ । गृहयुद्धमा १ लाखभन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

द्वन्द्वमा परी १ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सोमबार बमबारी भएको उक्त बजार र त्यहाँको नजिकैको पुल व्यापारिक गतिविधिको केन्द्र थियो ।

यस नदी हुँदै भारततर्फ सीमापार व्यापार हुने गरेको थियो । म्यान्मारमा जारी गृहयुद्धमा राखाइन राज्यले युद्धमा सबैभन्दा दयनीय अवस्था भोग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
। दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् । प्रहरीका अनुसार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम