। ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो ।
दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।