मुख्य समाचार
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा

। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ३६ वर्षीय हम्जा तारिकले गर्नेछन् भने श्रेयस मोभ्भा उपकप्तान छन् ।

हम्जा तारिकले ७ वर्षपछि क्यानडाको एकदिवसिय टोलीमा पुनरागमन गर्न लागेका हुन् । उनले सन् २०११ मा अफगानिस्तानविरुद्ध ओडीआई डेब्यू गरेका थिए भने पछिल्लोपटक सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआई खेलेका थिए ।

क्यानडाले सन् २०१४ मा ओडीआई मान्यता गुमाएपछि टोलीका ५० ओभरका खेलहरू लिस्ट ‘ए’ मान्यतामा खेलिएका थिए । हम्जाले क्यानडाका लागि पछिल्लोपटक सन् २०१९ को आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ मा ५० ओभरको खेल खेलेका थिए ।

विकेटकिपर ब्याटर हम्जाले ७ ओडीआईमा ११६ रन बनाएका छन् भने लिस्ट ‘ए’ क्रिकेटमा ३६ खेल खेल्दै ५५८ रन जोडेका छन् ।

क्यानडाको टोलीमा हम्जासँगै श्रेयस मोभ्भा, युवराज समरा, आरोन जोन्सन, समित गोहिल, आदित्य वरदराजन, हर्ष ठाकर, अजयवीर हुन्डल, अखिल कुमार, सुखजिन्दर सिंह, शील पटेल, कलीम साना, जाहिद शिरजाद, शिवम शर्मा र दिलराज देओल रहेका छन् ।

दुई पूर्वकप्तान साद बिन जफर र निकोलस किर्टन भने टोलीमा समेटिएका छैनन् ।

यो शृङ्खला तीनै टोलीका लागि लिग–२ अंकतालिकाको दृष्टिले महत्त्वपूर्ण हुनेछ । हाल अंकतालिकामा ओमान २८ खेलमा ३१ अंकका साथ चौथो स्थानमा छ । क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौं तथा नेपाल ३२ खेलमा २४ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि अन्य क्लबहरूले क्षतिपूर्तिको दाबी गर्ने सम्भावनाबारे कानुनी परामर्श लिन थालेका छन् । बीबीसी स्पोर्टका अनुसार स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि सिटीमाथि लाग्ने सजाय भने अझै तय भएको छैन । बीबीसीका अनुसार सिटीविरुद्ध लगाइएका ११५ आर्थिक आरोपमध्ये अधिकांशलाई प्यानलले सदर गरेको छ । द एथलेटिकले ११५ ...
। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए । भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको ...
। इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि क्लबमाथि कस्तो सजाय लाग्ने भन्ने विषयमा भने अझै फैसला भएको छैन । बीबीसीका अनुसार सिटी अधिकांश उल्लंघनमा दोषी ठहर भएको छ भने द एथलेटिक ले ११५ मध्ये एकबाहेक सबै आरोपमा ...
। २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो । शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ...
। २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन, रिहाना शेरचन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् । महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् । यस्तै, रिहाना श्रीलंकाकी वेइहेना लियानागे रनिथ्मा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम