मुख्य समाचार
चोलेन्द्र शम्शेर जबरा पक्राउ
चोलेन्द्र शम्शेर जबरा पक्राउ

। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।

उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।

उनीविरुद्धको कसुर भने खुलाइएको छैन ।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो । तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन । तर पनि उनी सर्वोच्च फर्किन पाएनन् ।

को हुन् चोलेन्द्र ?

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।

उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो । लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर ...
। ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो । दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रहरीका अनुसार ...
। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकखण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं ३ ...
। नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको ...
। पहिरोले अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्णरुपमा अवरूद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ जिपलाoन नजिकै सडक माथीबाट ढुंगामाटो सहितको पहिरोका कारण पूर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रविन विष्टले जानकारी दिए । पहिरो खसेसँगै सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि वर्षा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम