मुख्य समाचार
बाढीले बगाउँदा धादिङमा एक महिलाको मृत्यु
बाढीले बगाउँदा धादिङमा एक महिलाको मृत्यु

: धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ।

ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए।

लगातारको वर्षाका कारण खानीखोलालगायत स्थानीय खोलाहरूमा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको छ। प्रहरीले स्थानीयलाई खोला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक ...
: सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ। वीरगन्जमा शुक्रबार आयोजित ‘नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन : सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल’ कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले उक्त कुरा पुष्टि गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग अर्थात सामाजिक सञ्जालमार्फत हुने अपरिचित अपरिचित व्यक्तिसँगको चिनजानले ...
। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगले जनाएको छ । आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे ...
: नेपाली सेनाको धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित भैरव गणमा सञ्चालित नौ महिने सैन्य आधार तालिम पूरा गरेका १ सय २ जना सैन्य दीक्षित भएका छन्। शुक्रबार आयोजित दीक्षान्त समारोहमा श्री मध्य पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायक रथी सुनिल सिंह राठौरले प्रमुख अतिथिका रूपमा तालिम पूरा गरेका सैन्यलाई सिपाही दर्जामा दीक्षित तथा सुशोभित गराएका हुन्। ...
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम